२०८३, ९ असार बुधबार

तीनवटा पेट्रोल पम्पमा सिलबन्दी

तीनवटा पेट्रोल पम्पमा सिलबन्दी


भैरहवा, २७ भदौ : ओमसतिया र रोहिणी गाउँपालिकामा पर्ने हुलाकी राजमार्गका तीनवटा पेट्रोल पम्पमा सिलबन्दी गरिएको छ । सीमाक्षेत्रमा पेट्रोलियम पदार्थको अपचलनबाट नेपाली सवारीसाधनलाई डिजल र पेट्रोल अभाव भएपछि संयुक्त बजार अनुगमन टोली रुपन्देहीले आज छड्के अनुगमन शुरु गरेको हो । ओमसतिया गाउँपालिका पर्ने सुरज आयल डिस्ट्रिब्युटर्स, रोहिणी गाउँपालिकामा पर्ने जय माँ दुर्गे आयल स्टोर्स धकधई र न्यू एभरेस्ट आयल सप्लायर्समा सिलबन्दी गरेको संयुक्त बजार अनुगमन टोली रुपन्देहीका संयोजक तथा सहायक प्रजिअ नारायण पाण्डेले जानकारी दिनुभयो ।

सीमा क्षेत्रमा पर्ने यी पेट्रोल पम्पले नेपाल आयल निगमले दिएको निर्देशन अवज्ञा गर्दै भारतीय नम्बर प्लेटका मालवाहक ट्रक, बस र कारलाई अनाधिकृतरुपमा पेट्रोल तथा डिजल बिक्री–वितरण गरेको थिए । भारतीय बजारमा पेट्रोलियम पदार्थ अनाधिकृतरुपमा पैठारी गरेको सूचना थाहा पाएपछि निगमले भारतीय नम्बरका मालवाहक ट्रक, बस र कारलाई भारततर्फ फर्किने बेलामा बढीमा ५० लिटर इन्धन मात्र दिन पाइने सर्कुलर गरेको थियो ।

आयल निगमको निर्देशनलाई अवज्ञा गर्दै ती पेट्रोल पम्पले भारतीय नम्बरका सवारीसाधन तथा बस र ट्रकलाई मागे जतिको इन्धन दिएको अनुगमनका क्रममा अनुगमन टोलीले भेटेपछि कार्वाही प्रक्रिया अगाडि बढाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय रुपन्देहीका प्रमुख वेदप्रकाश उपाध्यायले बताउनुभयो । नेपाली बजारमा भन्दा भारतीय बजारमा पेट्रोलियम पर्दाथ डिजल र पेट्रोलको मूल्यमा झण्डै २० रुपैयाँ बढी छ । नेपालबाट इन्धन भारततर्फ विभिन्न माध्यमबाट पैठारी हुँदा नेपाली बजारमा अभाव देखिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय रुपन्देहीका प्रमुख उपाध्यायले जानकारी दिनुभयो । अनुगमनका क्रममा सिलबन्दी गरिएका पेट्रोल पम्पलाई कानुनअनुसार कडा कार्वाही गरिने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । बजार अनुगमनलाई समेत निरन्तरता दिने संयुक्त बजार अनुगमन टोलीले बताएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २७ भाद्र बुधबार  ९ : १९ बजे

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि