२०८१, ९ फाल्गुन शुक्रबार

निवर्तमान नगरप्रमुख खत्री भन्नुहुन्छः खानेपानी समस्या समाधान गर्नुको साटो जनप्रतिनिधीले अझ चर्काए

निवर्तमान नगरप्रमुख खत्री भन्नुहुन्छः खानेपानी समस्या समाधान गर्नुको साटो जनप्रतिनिधीले अझ चर्काए


सिन्धुली: नेकपा एमालेका सिन्धुलीका नेता एवम् कमलामाई नगरपालिका सिन्धुलीका निवर्तमान नगरप्रमुख खड्गवहादुर खत्रीले सामाजिक सञ्जाल मार्फत कमलामाई नगरपालिका वडा नम्बर १२ का स्थानीयले उठाएका मागहरु सम्वोधन गर्नुको साटो जनप्रतिनिधीले बिवाद बढाएको बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा खानेपानीको समस्या समाधानमा नगरप्रमुखले भूमिका निर्वाह गर्नुको साटो अझ चर्काएको आरोप लगाउँदै बुधवार मध्यान्ह स्थानीयले रित्तो गाग्री लिएर प्रदर्शन गरेपछि आफ्नो कुरालेख्दै खत्रीले तत्कालै समस्याको सामाधान नखोजे ठूलै दुर्घटना हुने बताउनु भएको हो ।

नेता खत्रीले लेख्नु भएको स्टाटस जस्ताको तस्तैः

कमलामाई नगरपालिकामा जे देखियो :

नेपाल सरकार एक घर, एक धारा नीतिको कुरा गर्छ, तर देशको भौगोलिक अवस्था र विकास बजेटको वास्तविकता नहेरी सस्तो लोकप्रियता मात्र खोज्छ। जनताको राय बिना सडक र राजमार्ग बनाइन्छन्; जसले गर्दा निर्माण कार्य थालनी हुन नपाई ती अवरुद्ध हुने समस्या दोहोरिरहन्छ।

जहाँसम्म कनपा-१२ का जनताले पिउने पानी पाउनुपर्छ भन्ने माग राखेका छन् । त्यो स्वाभाविक छ, तर कनपा-११ का बासिन्दाले हाम्रो शिर काटेर लैजान दिँदैनौँ भन्ने चेतावनी दिने स्थिति आउनु दुःखद् हो। १२ नम्बर वडाका जनतालाई पानी उपलब्ध गराउन नेवा संस्थाले पाइप जडान गरिसकेको थियो, तर काम सुरु भएपछि विवाद उत्पन्न भयो।

यो विवादको समाधान गर्ने जिम्मा कमलामाई नगरपालिकाको हो। तर समाधान गर्नुको सट्टा जनप्रतिनिधिहरूले झन् विवाद बढाएको गुनासो स्थानीय जनताले गरिरहेका छन्। यस्तो अवस्थामा बेलैमा दुवै पक्षलाई राखेर सहमति जुटाउनु जरुरी छ। जनताले चुनेका प्रतिनिधिहरूले समस्याको समाधान खोज्नुपर्ने हो, तर उनीहरूले नै जनता भिडाउने काम गरिरहेको देखिन्छन्। यदि यस्तो प्रवृत्ति रोकिएन भने यसको असर राम्रो हुने छैन।

अहिलेको समस्या जनताजनताबीचको होइन, व्यवस्थापनकै कमजोरी हो। समयमै समाधान नगरे ठूलो संकट निम्तिन सक्छ!

प्रकाशित मिति : २०८१, ३० माघ बुधबार  ९ : २० बजे

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,