२०८२, २९ मंसिर सोमबार

जाजरकोट भूकम्पबारे विस्तृत क्षतिको आँकलन माघ दोस्रो हप्तासम्म सुरु हुने

जाजरकोट भूकम्पबारे विस्तृत क्षतिको आँकलन माघ दोस्रो हप्तासम्म सुरु हुने


काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोटको भूकम्पको बारेमा विस्तृत क्षतिको आँकलन माघ दोस्रो हप्तासम्म सुरु गरिसक्ने जानकारी दिएका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा भएको राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित विषयमा गृह मन्त्रालयसँग छलफलमा उनले जाजरकोटको भूकम्पको बारेमा विस्तृत क्षतिको आँकलन गर्ने गरेर सम्पूर्ण तयारी भइसकेको बताएका हुन् ।

उनले भने,‘जाजरकोटको भूकम्पको बारेमा विस्तृत क्षतिको आँकलन गर्ने गरेर सम्पूर्ण तयारी भइसकेको छ । आवश्यक रकमको व्यस्था भइसकेको छ । आवश्यक मापदण्डहरु कार्यविधिहरुको तयार भइसकेको छ । अब दुई हप्तामा नै हामी डीडीएको काम प्रारम्भ गछौं ।’

त्यस्तै उनले सरकार संघीय संसदको बैठक अधिवेशन चाँडै आव्हान गर्ने तयारीमा रहेको बताए । संघीय संसदको आव्हान रोक्दा पनि धेरै कामहरु भइरहेको भन्दै बेकाम भएको भन्न चाँही नमिल्ने बताए । उनले भने,‘संघीय संसदको बैठक अधिवेशन सरकार चाँडै आव्हान गर्ने भएको छ । तर त्यसको अर्थ संघीय संसदको आव्हान रोक्दा चाँही म बेकामे भएको भन्ने होईन् । यो काम नै हो नि हामीले जुन कामरहेको छौं यो काम नै भएकाले बेकामे भएको छैनौं ।’ उनले राष्ट्रिय परिचय पत्रलाई दुरुपयोग हुन नदिने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : २०८१, ४ माघ शुक्रबार  १० : ४५ बजे

११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोगका पदाधिकारी निर्विरोध निर्वाचित

काठमाडौं । नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

एमाले केन्द्रीय सदस्यमा खुला युवा क्लस्टरबाट नरेश रोकाय र सुशील थापा निर्विरोध

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा खुला युवा क्लस्टरबाट

एमालेबाट निर्वाचित चारै महानगरका उपमेयर केन्द्रीय सदस्यका उम्मेदवार

काठमाडौं । स्थानीय तह निर्वाचनमा देशभरका छ महानगरपालिकामध्ये चार वटामा

एमाले अध्यक्षमा ओली-पोखरेलबीच प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि दुई

एमाले महाधिवेशन : बन्दसत्र सुरु, अध्यक्ष केपी शर्मा ओलीद्वारा सम्बोधन

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु भएको