२०८३, ३० असार बुधबार

भोजपुरे खुकुरी सङ्कटमा, खुकुरी उत्पादन न्यून

भोजपुरे खुकुरी सङ्कटमा, खुकुरी उत्पादन न्यून


भोजपुर, २७ भदौ भोजपुरे खुकुरी उद्योग यति बेला सङ्कटमा परेको छ । दक्ष कारिगर तथा कच्चा पदार्थको अभावले खुकुरी उद्योग सङ्कटमा परेको हो । पछिल्लो समय युवा समुदाय खुकुरी बनाउने पेशातर्फ आकर्षित हुन नसकेका कारण उक्त व्यवशाय खस्कदै गएको छ । यो पेशालाई हेला गर्न थालिएकाले समेत उद्योग सङ्कटमा परेको व्यवसायी बताउँछन् ।

यहाँ भोजपुरे, सिरुपाते, चित्लाङ्ले, कोथीमोडा लगायतका खुकुरी बन्ने गरेका छन् । यहाँ बनाइएका खुकरी मुलुकका विभिन्न जिल्ला तथा विदेशमा समेत प्रख्यात मानिन्छ । “भोजपुरे खुकुरीको माग स्थानीय बजार, बाहिरी जिल्लासँगै विदेशमा समेत छ,” स्थानीय व्यवसायी हिरालाल श्रेष्ठले भन्नुभयो, “मागअनुसारको खुकुरी उत्पादन हुन ससेको छैन ।” कारीगरसँगै कच्चा पदार्थको अभावले व्यवसाय सञ्चालन गर्न समस्या भएको उहाँको भनाइ छ । मागअनुसारको खुकुरी उत्पादन गर्न सकिएको छैन ।

सरकारले साना तथा मझौला उद्योगलाई प्राथमिकता नदिँदा व्यवसाय सङ्कटमा परेको उद्योग सञ्चालक बताउँछन् । खुकुरी बनाउन आवश्यक कोइला र बिँडको लागि आवश्यक काठको अभाव छ ।

व्यवसायलाई जिवन्त राख्न खुकुरी बनाउने तालीमसमेत सञ्चालन गनुपर्नेमा यहाँका व्यवशायीले जोड दिएका छन् । “युवाशक्ति विदेश पलायन हुनु पनि यो व्यवशायका लागि समस्या हो,” व्यवसायी श्रेष्ठ बताउनुहुन्छ । युवा विदेश जाँदा गाउँघरमा सञ्चालनमा रहेका साना उद्योग बन्द भएका छन् ।

प्रकाशित मिति : २०७५, २७ भाद्र बुधबार  ९ : ०४ बजे

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन