काठमाडौं । हातमा घडी नभएका जनताले समय थाहा पाउने, घण्टाघरको नामसँगै रानीपोखरी र धरहराको नाम सम्झनामा आउने घण्टाघर अहिले पुन बन्दै गैइरहेकाे छ ।

घण्टाघर यस्तो सम्पदा हो जसको महत्व र गाथा अहिलेका पुस्ताले भुलिसकेका छन् । कुनै समय यही घण्टाघरले राजधानीवासीलाई समयको जानकारी दिने मात्रै होइन, दैनिकी पनि निर्धारण गर्ने गरेको थियो । कुनैबेला समय चिनाउने यो धरोहर अहिले आफैं समय चिनाउनकाे लागि पुन निर्माण हुँदैछ ।

भूकम्पले क्षति गरेको घण्टाघरको पुनर्निर्माणका लागि पुरातत्त्व विभागको सहमतिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विस्तृत परियोजना तयार पारी काम गरिरहेको हो ।



प्रतिक्रिया