२०८२, ७ चैत्र आईतबार

मकवानपुरका किसान ‘ड्रागन फ्रुट’ खेतीमा आकर्षित

मकवानपुरका किसान ‘ड्रागन फ्रुट’ खेतीमा आकर्षित


हेटौंडा । वर्षमा दुई पटक फल दिने र खेती गर्न पनि सहज हुने भएकाले पछिल्लो समय ममकवानपुर जिल्लाका केही पालिकाका किसान ‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित भएका छन्।

सुख्खा ठाउँमा खेती गर्न सकिने, खेती गरिएको जमिनभित्र अग्ला नहुने विभिन्न जातका फलफूल, अदुवा बेसार, लसुन प्याजलगायत सागसब्जी पनि उत्पादन गर्न सकिने भएकाले दोहोरो फाइदा हुने देखेपछि मकवानपुरका किसान ड्रागन फ्रुटखेतीतर्फ आकर्षित भएका हुन्।

बिशेषगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिकामा ‘ड्रागन फ्रुट’ खेतीमा किसानको आकर्षण धेरै छ । खेत भभाडामा लिएर समेत यसको खेती गर्न थालेका छन् ।

मकवानपुरगढी गाउँपालिकाको धादिङ, ज्यामिरे, डुम्रेकुना लगायतका क्षेत्र, हेटौंडा उपमहानगरपालिकाको पदमपोखरी, हटिया लगायतका क्षेत्रमा यसको खेती गर्ने किसानहरु बढेका छन् ।

पहिला ड्रागनका फाइदासहित यसकाबारेमा जानकारी नहुँदा खेतीप्रति आकर्षण नभएको बताउँदै पछिल्लो समय सामाजिक सञ्जाल युट्युब हेरेर जानकारी पाएपछि व्यावसायिक खेती विस्तार गर्नेहरु बढेका छन् ।

“सुरुमा खेती गर्दा गाउँलेले ‘यो सिउँडी जस्तो के खेती गरेको रु’ भनेर आलोचना पनि गर्नुभयो। पहिलो उत्पादन गाउँलेलाई चखाएपछि उहाँहरूले पनि खेतीप्रति चासो देखाउन थालेको मकवानपुरगढी ५ ज्यामिरेका नबराज हुमागाईले बताए । अहिले हेटौंडा बजारमा ‘ड्रागन फ्रुट’को माग पनि निकै बढेको बताए ।

वर्षमा दुई पटक उत्पादन दिने यो फल स्वादिलो हुनुका साथै पर्याप्त पौष्टिक तत्त्व पनि पाइने भएकाले अन्तर्राष्ट्रिय बजारबाट यसको माग बढी आउने गरेको छ । अहिले स्थानीय क्षेत्रमा पनि यसको माग पहिलेको तुलनामा बढेको किसानहरु बताउँछन् । यो फल बिरामीका लागि उपयुक्त हुने चिकित्सकहरूले बताएका भन्दै प्रशस्त उत्पादन भए बजारीकरणको समस्या आउँदैन।

यो फल एक पटक लगाइसकेपछि ५०औँ वर्षसम्म ढुक्क हुने र यसलाई धेरै मेहनत नगरीकन आम्दानी लिन सकिने भएकाले आफू खेतीतर्फ आकर्षित भएको किसानहरु बताउँछन् ।

प्रकाशित मिति : २०८१, ३० कार्तिक शुक्रबार  १ : ३७ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको