२०८३, १० भाद्र बिहीबार

दुई छोरालाई झुन्ड्याएर आमाले गरिन आत्महत्या !

दुई छोरालाई झुन्ड्याएर आमाले गरिन आत्महत्या !


मोरङ, भदौ २६ : मोरङको बुढीगंगा गाउँपालिका–२ अमाही गाउँमा सोमबार बिहान आमासँगै दुई छोरा एउटै घरमा झुन्डिएको अवस्थामा फेला परेका छन् । झुन्डिएकामध्ये २९ वर्षीया अनिता यादव र उनका पाँच वर्षीय छोरा अमनको मृत्यु भएको छ । १० वर्षीय छोरा निशान भने बाँच्न सफल भएका छन् ।

प्रहरी आफ्ना दुई छोरालाई झुन्ड्याएर अनिता आफूले पनि आत्महत्या गरेको हो वा बाबुले सबैलाई झुन्डयाएर भागेका हुन् भन्नेबारे अन्योलमा छ । बाँच्न सफल भएका छोरा निशानले भने आफूहरूलाई आमाले नै मार्न सोमबार बिहान ४ बजेतिर घाँटी थिचेर झुन्ड्याएको प्रारम्भिक बयान दिएका छन् ।

सुनसरी मोरङ औद्योगिक करिडोर उद्योगमा झा थरका भारतीयसँग दोस्रो विवाह गरेकी अनिताले घरेलु हिंसाका कारण ५ र १० वर्षीय दुई छोरालाई अलग–अलग डोरीमा झुन्ड्याएर आफूले पनि आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेकाे खबर अाजकाे नयाँ पत्रिकामा छ ।

मोरङका एसपी मनोज केसीले छोराको प्रारम्भिक बयानले घटना आमाबाटै भएको खुले पनि अन्य कारण रहे वा नरहेकोबारे खोजी भइरहेको जानकारी दिए । ‘बाबुले सबैलाई झुन्ड्याएर निस्किएका थिए कि अनिताले दुई छोरालाई झुन्ड्याएर आफू पनि झुन्डिएकी थिइन्, त्यसबारे अनुसन्धान हुँदै छ,’ उनले भने ।

प्रकाशित मिति : २०७५, २६ भाद्र मंगलबार  ७ : २६ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री