२०८२, १७ माघ शनिबार

आन्दोलन जारी राख्ने रास्वपाको निर्णय

आन्दोलन जारी राख्ने रास्वपाको निर्णय


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलन जारी राख्ने निर्णय गरेकाे छ भने आन्दाेलनकाे स्वरुपबारे छलफल गरिने जनाएकाे छ ।आज केन्द्रीय कार्यालयमा अपरान्ह ४:३० बजे देखि बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको भएपनि स्वरुपबारे छलफल गरिने झाले स्पष्ट पारे । आन्दोलनको कार्यक्रमको स्वरूप वारे विवरण भोलि सार्वजनिक गरिने उनले जानकारी दिए ।

रास्वपाले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको र सत्तापक्षले सहकारी पीडितलाई न्याय दिने आवश्यक कदमको सट्टा अन्यतिरै अल्झिएर बसेको अवस्थामा सहकारी पीडितलाई न्याय दिने र रकम फिर्ता गर्न विरोध प्रदर्शनको आगामी कार्यक्रमबारे छलफलमा रहेको उनले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘आन्दोलन स्थगनबारे कुनै छलफल वा निर्णय भएको छैन ।’

सभापति लामिछाने पक्राउ परेपछि पोखरामा आन्दोलन गरेको रास्वपाले आज काठमाडौंमा प्रदर्शन गरेको थियो । विपक्षी दलहरूले रास्वपाको आन्दोलनको विरोध नगरे पनि सत्तारूढ सबै दलहरूले आपत्ति जनाइसकेको छन् । चर्काे आलोचनासँग सभापति लामिछानेको हिरासत बसाइँ लम्बिने भएपछि रास्वपाले आन्दोलनको स्वरूपबारे छलफल थालेको हो ।

प्रकाशित मिति : २०८१, ९ कार्तिक शुक्रबार  ८ : ०९ बजे

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने प्रयास हुँदैछ : शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनपछि नेपालमा विदेशी

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको