२०८३, १८ बैशाख शनिबार

आन्दोलन जारी राख्ने रास्वपाको निर्णय

आन्दोलन जारी राख्ने रास्वपाको निर्णय


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलन जारी राख्ने निर्णय गरेकाे छ भने आन्दाेलनकाे स्वरुपबारे छलफल गरिने जनाएकाे छ ।आज केन्द्रीय कार्यालयमा अपरान्ह ४:३० बजे देखि बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको भएपनि स्वरुपबारे छलफल गरिने झाले स्पष्ट पारे । आन्दोलनको कार्यक्रमको स्वरूप वारे विवरण भोलि सार्वजनिक गरिने उनले जानकारी दिए ।

रास्वपाले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको र सत्तापक्षले सहकारी पीडितलाई न्याय दिने आवश्यक कदमको सट्टा अन्यतिरै अल्झिएर बसेको अवस्थामा सहकारी पीडितलाई न्याय दिने र रकम फिर्ता गर्न विरोध प्रदर्शनको आगामी कार्यक्रमबारे छलफलमा रहेको उनले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘आन्दोलन स्थगनबारे कुनै छलफल वा निर्णय भएको छैन ।’

सभापति लामिछाने पक्राउ परेपछि पोखरामा आन्दोलन गरेको रास्वपाले आज काठमाडौंमा प्रदर्शन गरेको थियो । विपक्षी दलहरूले रास्वपाको आन्दोलनको विरोध नगरे पनि सत्तारूढ सबै दलहरूले आपत्ति जनाइसकेको छन् । चर्काे आलोचनासँग सभापति लामिछानेको हिरासत बसाइँ लम्बिने भएपछि रास्वपाले आन्दोलनको स्वरूपबारे छलफल थालेको हो ।

प्रकाशित मिति : २०८१, ९ कार्तिक शुक्रबार  ८ : ०९ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा