२०८३, २३ जेष्ठ आईतबार

‘केन्द्रीय तथ्यांक कार्यालयको सर्वेलाई आधारशिला बनाएर राष्ट्र बैंक अगाडि बढ्छ’

‘केन्द्रीय तथ्यांक कार्यालयको सर्वेलाई आधारशिला बनाएर राष्ट्र बैंक अगाडि बढ्छ’


काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उपभोक्ता मूल्य स्थिरताको विषयमा राष्ट्र बैंक आफैले नीति निर्माण गर्छ भन्ने गुनासो आउने गरेको बताएका छन् ।

बुधबार उपभोक्ता मूल्य सुचाङ्क सार्वजनिक सम्बन्धमा छलफल एवं पत्रकार सम्मेलनमा उनले केन्द्रीय तथ्यांक कार्यालयले गरेको सर्वेक्षणको सर्वेलाई नै आधारशिला बनाएर ८०, ८१ लाई आधार वर्षको रुपमा तय गरेर राष्ट्र बैंक अगाडि बढि रहेको बताए ।
उनले भने,‘राष्ट्र बैंकलाई धेरै आरोप लाग्ने गरेको छ मूल्य स्थिरताको विषयमा राष्ट्र बैंक आफैले नीति बनाउछ, आफै लक्ष्य राख्छ, आफै मुद्रा संकलन गर्छ, आफै वस्तु निर्धारण गर्छ, आफै सर्वे गर्छ भन्ने, तर अहिले त्यो सबै कार्य केन्द्रीय तथ्यांक कार्यालयले गरेको जुन सर्वे छ त्यो सर्वेलाई टेकेर काम गरिरहेका छौ । त्यही सर्वेलाई टेकेर यो आधारशिला बनाएर यो वर्ष ८०, ८१ लाई आधार वर्षको रुपमा तय गरेर राष्ट्र बैंक अगाडि बढि रहेको छ ।’

उनले मूल्य सुचाङ्क सार्वजनिकमा कनि ढिलाई भन्ने प्रश्न धेरैले गरेको भन्दै रफ तथ्याङ्क सार्वजनिक गर्दा विश्वासनियतामाथि नै प्रश्न उठ्ने भएकाले समय लगाएर भएपनि सहि तथ्याङ्क सार्वजनिक गरेको बताएका हुन् । उनले भने,‘धेरै ले प्रश्न गरिहनु भएको थियो । किन एक महिना मूल्य सुचाङ्क सार्वजनिक गर्न ढिलो गर्नुभयो भनेर । एक महिना ढिलो नगरी हाम्रो तथ्याङ्क नै आउदैन् । रफ तथ्याङ्क हामीले सार्वजनिक गर्न थाल्यौं भने त त्यो फेरि विश्वासनियता हुँदैन् । त्यसले थप हाम्रो विश्वासनियतामा नै प्रश्न उठ्छ । त्यसैले अलिकति ढिलो गरेर भएपनि सहि तथ्याङ्क नै ल्याउनुपर्छ ।’

हामीले गर्न खोजेको कतिपयहरु सबै पूर्ण हुँदैन् ।अहिलेको प्रकृता एकदमै सफा छ । आत्माविश्वास कुनै पनि परिवर्तनका लागि बटुल्न निकै काम गरिराख्दा कुनै पनि पक्रियामा आत्माविश्वास बटुल्न एकदमै अप्ठ्यारो हुन्छ ।

प्रकाशित मिति : २०८१, ९ आश्विन बुधबार  ४ : ११ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति