२०८३, ३१ भाद्र बिहीबार

धरापमा मोटरेवल पुल

धरापमा मोटरेवल पुल


ताप्लेजुङ, २५ भदौ : गएरातिदेखि परेको अबिरल वर्षाका कारण पहिरो झरेपछि ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–१ र २ लाई जोड्ने मोटरेवल पुल जोखिममा परेको छ । सिनाम र आम्बेगुदिनको सिमानामा पर्ने नेउखोलाको उक्त पुलको दुबै तर्फका जीपको आसपास माथिबाट पहिरो झरेपछि उक्त पुल जोखिममा परेको हो ।

पहिरोले दुबै तर्फको ग्याबिङ जाली बगाएको स्थानीयवासी भीम थेवेले जानकारी दिनुभयो । बाटोसमेत पहिरोले अवरुद्ध बनेपछि आम्बेगुदिन, तेल्लोक लगायतका ठाउँबाट जिल्ला र जिल्ला बाहिर जाने सवारी साधनबीच बाटोमा नै रोकिएका छन् ।

अन्यत्र ठाउँबाट आम्बेगुदिन तर्फ जाने दर्जनांै सवारी साधनसमेत सिमानामै रोकिएको बताइएको छ । सो क्षेत्रमा तत्काल बाटो खुल्ने सम्भावना न्यून रहेको स्थानीयवासीको भनाइ छ । यता वर्षाकै कारण मेची राजमार्ग अन्तर्गत ताप्लेजुङको काबेली फुङलिङ सडक खण्ड बिहानैदेखि अवरुद्ध छ । गएरातिकै वर्षाका कारण मेवाखा र सेसम्बु बीचमा पर्ने भाडी खोल्सामा आएको बाढीका कारण राजमार्ग अवरुद्ध बनेको हो । खोल्सामा पानीको मात्रा बढेको र माथिबाट ढुङ्गा गिटी आएर बाटोमा थुप्रिएकाले सवारीसाधन ओहोरदोहोर बन्द भएको जिल्ला प्रहरी निरीक्षक लक्ष्मणबहादुर थापा मगरले बताउनुभयो ।

पानीको मात्रा नघटेसम्म सवारी साधन ओहोरदोहोर गर्नसक्ने अवस्था नरहेको मगरको भनाइ छ । यस्तै उक्त सडक खण्डका विभिन्न ठाउँमा स–साना पहिरो झरेका छन् । बिहानैदेखि बाटो अवरुद्ध बनेपछि ताप्लेजुङबाट पाँचथर, इलाम, झापालगायतका ठाउँमा बाहिरिने र जिल्लामा भित्रने सवारी साधन बीच बाटोमा नै रोकिएका छन् । ताप्लेजुङमा गएरातिदेखि परेको वर्षा अहिले पनि जारी छ ।
-रासस

प्रकाशित मिति : २०७५, २५ भाद्र सोमबार  ५ : ३२ बजे

भोटेकोशीको अकल्पनीय विपत्ति :पुनर्निर्माण संरचनाको कि सुरक्षित भविष्यको ?

भोटेकोशी–त्रिशूली जलाधारमा आएको विनाशकारी बाढीले नेपालसामु एउटा गम्भीर प्रश्न खडा

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक