२०८३, २६ आश्विन मंगलबार

शेयर बजार दोहोरो अङ्कले ओरालो

शेयर बजार दोहोरो अङ्कले ओरालो


काठमाडौँ, २४ भदौ : धितोपत्र बजार आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १०.७९ विन्दुले घटेर एक हजार २१८.९८ विन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.१९ विन्दुले घटेर २५८.१६ विन्दुमा पुगेको छ ।

नेप्से परिसूचक घटे पनि आज कारोवार रकम भने बढेको छ । कूल १६६ कम्पनीको १२ लाख ७२ हजार १०८ कित्ता शेयर रु ३२ करोड ७० लाख २५ हजार ७४१ मूल्यमा खरिद बिक्री भएको छ ।

आज सबै उपपसमूहको शेयर ओरालो लाग्दा बजार प्रभावित भएको हो । बैंकिङ ७.१६, व्यापार ०.४२, होटल ४.२३, विकास बैंक १५.३२, जलविद्युत् १४.४३, वित्त १.०३, निर्जीवन बीमा ८५.९४, उत्पादन ६.८१, अन्य ८.०८, माइक्रोफाइनान्स २४.९३ र जीवन बीमा ६७.४२ विन्दुले घटेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २४ भाद्र आईतबार  ७ : ३४ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका