२०८२, १ पुस मंगलबार

तुल्सीलालमा क्रान्तिकारीपना थियो : विद्यादेवी भण्डारी

तुल्सीलालमा क्रान्तिकारीपना थियो : विद्यादेवी भण्डारी


काठमाडौं ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तुल्सीलाल अमात्यले किसानहरुको  लागि क्रान्तिकारी काम गरेको बताएकी छिन् । 

२७ औँ तुल्सीलाल स्मृति दिवसको अवसरमा बोल्दै उनले कम्युनिष्ट नेतामा हुनुपर्ने गुण तुल्सीलालमा भएको जिकीर गरेकी हुन् ।उनले  भनिन्, ‘तुल्सीलालले क्रान्तिकारी काम गर्नुभएको छ । २००६ साल भाद्र ३० गते नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय  संगठन समितिको सदस्य बन्नुभयो ।

यसरी नेपालको कम्युनिष्ट आन्दोलनमा नेकपाको स्थापना कालदेखि नै नेतृत्वदायी  भूमिकामा रहँदै आउनु भएका तुल्सीलाल अमात्य जसको नेतृत्वमा मधेशका जिल्लाहरुमा किसान आन्दोलनको अगुवाई गर्नुभएको थियो । उक्त आन्दोलनको  शिलशिलामा करोडौं रुपैयाँ बराबरका जाली तमशुकहरु च्यात्ने काम समेत गरेर क्रान्तिकारी काम उहाँले गर्नुभएको थियो । ’साथै उनले तुल्सीलाल अमात्य अर्थशास्त्रका ज्ञाता भएको समेत बताइन् ।

उनले पार्टीलाई क्रान्तिकारी धारमा ल्याउन तुल्सीलालको भूमिका महत्वपूर्ण भएको दाबी  गरिन् । उनले अमात्यको उच्च क्रान्तिकारी, नौतिकता, चरित्रबाट वर्तमान तथा भावी पुस्ताले प्रेरणा लिनुपर्ने बताइन् ।    

प्रकाशित मिति : २०८१, १७ श्रावण बिहीबार  ४ : ५५ बजे

ओली प्यानलमा समेटिए सुहाङ नेम्वाङ र अमित लामा

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यका आकांक्षीमध्ये

११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोगका पदाधिकारी निर्विरोध निर्वाचित

काठमाडौं । नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

एमाले केन्द्रीय सदस्यमा खुला युवा क्लस्टरबाट नरेश रोकाय र सुशील थापा निर्विरोध

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा खुला युवा क्लस्टरबाट

एमालेबाट निर्वाचित चारै महानगरका उपमेयर केन्द्रीय सदस्यका उम्मेदवार

काठमाडौं । स्थानीय तह निर्वाचनमा देशभरका छ महानगरपालिकामध्ये चार वटामा

एमाले अध्यक्षमा ओली-पोखरेलबीच प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि दुई