२०८३, २७ असार आईतबार

तुल्सीलालमा क्रान्तिकारीपना थियो : विद्यादेवी भण्डारी

तुल्सीलालमा क्रान्तिकारीपना थियो : विद्यादेवी भण्डारी


काठमाडौं ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तुल्सीलाल अमात्यले किसानहरुको  लागि क्रान्तिकारी काम गरेको बताएकी छिन् । 

२७ औँ तुल्सीलाल स्मृति दिवसको अवसरमा बोल्दै उनले कम्युनिष्ट नेतामा हुनुपर्ने गुण तुल्सीलालमा भएको जिकीर गरेकी हुन् ।उनले  भनिन्, ‘तुल्सीलालले क्रान्तिकारी काम गर्नुभएको छ । २००६ साल भाद्र ३० गते नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय  संगठन समितिको सदस्य बन्नुभयो ।

यसरी नेपालको कम्युनिष्ट आन्दोलनमा नेकपाको स्थापना कालदेखि नै नेतृत्वदायी  भूमिकामा रहँदै आउनु भएका तुल्सीलाल अमात्य जसको नेतृत्वमा मधेशका जिल्लाहरुमा किसान आन्दोलनको अगुवाई गर्नुभएको थियो । उक्त आन्दोलनको  शिलशिलामा करोडौं रुपैयाँ बराबरका जाली तमशुकहरु च्यात्ने काम समेत गरेर क्रान्तिकारी काम उहाँले गर्नुभएको थियो । ’साथै उनले तुल्सीलाल अमात्य अर्थशास्त्रका ज्ञाता भएको समेत बताइन् ।

उनले पार्टीलाई क्रान्तिकारी धारमा ल्याउन तुल्सीलालको भूमिका महत्वपूर्ण भएको दाबी  गरिन् । उनले अमात्यको उच्च क्रान्तिकारी, नौतिकता, चरित्रबाट वर्तमान तथा भावी पुस्ताले प्रेरणा लिनुपर्ने बताइन् ।    

प्रकाशित मिति : २०८१, १७ श्रावण बिहीबार  ४ : ५५ बजे

सुकुम्बासी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री रमेश लेखक गुरुङले सुकुम्बासी तथा भूमिहीन नागरिकको

गणेश नेपाली आत्मदाह प्रकरण : १४ घण्टे वार्तामा पनि सहमति भएन, आज फेरि छलफल हुने

काठमाडौं । राइडर गणेश नेपालीको आत्मदाह प्रकरणलाई लिएर आन्दोलनरत पीडित

स्वर्गीय सनुमान लामा स्मृतिमा नवज्योति माविमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना

सिन्धुली: अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सामाजिक न्याय र समावेशी समाज

अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया, स्वास्थ्यमा सुधार

काठमाडौं । चर्चित अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको

अख्तियार हुँदाहुँदै किन बनाइयो अर्को आयोग? सर्वोच्चले उठायो ६ गम्भीर संवैधानिक प्रश्न

काठमाडौं । भ्रष्टाचार अनुसन्धानका लागि संवैधानिक रूपमा अख्तियार दुरुपयोग अनुसन्धान