२०८३, १२ कार्तिक बिहीबार

गणित र राष्ट्रिय राजनीतिलाई हेरेर मात्र सरकारमा जान्छौं : राजेन्द्र लिङदेन

गणित र राष्ट्रिय राजनीतिलाई हेरेर मात्र सरकारमा जान्छौं : राजेन्द्र लिङदेन


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारमा सहभगी हुने सवालमा पार्टीको गणित र राष्ट्रिय राजनीतिको अवस्था हेरेर मात्र जाने÷नजाने निर्णय गर्नुपर्ने बताएका छन् ।

विहीबार जिल्ला अध्यक्षहरुको भेलालाई सम्बोधन गर्दै उनले सरकारमा सहभागिताको कुरा पार्टीले विश्लेषण गरेर निर्णय गरेपछि मात्र टुङ्गो लाग्ने भन्दै व्यक्तिगत चाहनाले निर्णय हुने विषय नभएको बताए ।

उनले भने, ‘हामी सरकारमा जाने नजाने भन्ने कुरा परिस्थितीले निर्धारण गर्छ । हाम्रो चाहनाले मात्र हुदैँन् । गणितको अवस्था र राष्ट्रिय राजनीतिको अवस्थालाई हेदाए सरकारमा रहँदा के महत्त्व हुन्छ, नरहँदा के हुन्छ भन्ने विषय पार्टीले विश्लेषण गरेर निर्णय गर्नुपर्छ । व्यक्तिगत चाहनाले मात्र अथवा अरु कसैको चाहनाले निर्णय हुने विषय होइन । त्यसकारण यसमा कोही पनि भ्रममा पर्न हुँदैन् ।’

यस्तै, उनले कोशी प्रदेशमा राप्रपाका सहभागिता सन्दर्भमा उनले संविधानको आधारभूत मान्यतामा एकमत नभएपनि सहकार्य गरेर जाने भनेको हुनाले केन्द्र, प्रदेश र स्थानीय तहमा त्यही हिसाबले भाग लिएको बताए ।

उनले भने, ‘प्रदेश सभामा सहभागी भएपछि अथवा खासगरी सभामुखका रुपमा सहभागी भएपछि जिल्ला अध्यक्षहरु समक्ष स्पष्ट भन्छु खासगरी कोशी प्रदेशमा सभामुखमा हाम्रो सहभागिता भयो, तत्काललाई सहभागि हुनुहुन्न भन्ने पक्षमा नै थिएँ । त्यही कुरा निर्देशन पनि दिएको थिए तर विदेशमा भएको बेला साथीहरु सहभागी हुनुभयो । संविधानको आधारभूत मान्यतामा पनि एकमत छैन् । तरसहकार्य गरेर जाने भनेको हुनाले केन्द्र, प्रदेश र स्थानीय तहमा त्यही हिसाबले भाग लिएका छौं । सरकारमा पनि त्यही आवश्यकता अनुसार सहभागी हुन्छौ र ठिक लागेन भने बाहिर हुन्छौ ।’

प्रकाशित मिति : २०८१, १७ श्रावण बिहीबार  ४ : ११ बजे

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल

एनपीएल : कर्णालीले टस जित्यो, विराटनगरलाई ब्याटिङ

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली