२०८३, १० भाद्र बिहीबार

अब म आत्महत्याको अवस्थामा पुगिसकें : रेशम चौधरी

अब म आत्महत्याको अवस्थामा पुगिसकें : रेशम चौधरी


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरीले पार्टीभित्र उत्पन्न विवादलाई लिएर आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याएको बताएका छन् । तीन महिनादेखि खाना नखाएको भन्दै उनले आफूलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याइएको गुनासो गरेका हुन् ।

पार्टीको बैठकमा भएको कुटाकुटबारे आज पत्रकारहरूसँग कुरा गर्दै चौधरीले यस्तो गुनासो गरेका हुन् । पार्टी केन्द्रीय समितिको निर्णय समेत केही मानिसहरूले नमान्दा अहिलेको परिस्थिति आएको बताए । उनले यो भनाइ श्रीमती समेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीतिर लक्षित गर्दै दिएका हुन् ।

‘मलाई पनि अचम्म लाग्छ । विरुवा मैले रोपें । मलाई थाहा छ, यो विरुवा कुन जातको हो । आँपको कि स्याउको कि ओखरको हो ? तीन महिनादेखि खाना खाएको छैन’, उनले भने, ‘आत्महत्या गर्ने परिस्थितिसम्म पुर्‍याइसके । केन्द्रीय समितिको निर्णय मान्दैनौँ भन्छन् । अर्काको इशारामा हामी नचलौँ, हाम्रो निर्णय गरौँ भन्दा किन नमान्ने ?’ उनले आफ्नो पार्टीमा सरकारले हस्तक्षेप गरेको आरोप लगाए । आउँदो २३ र २४ गते बस्ने बैठकले कारबाही गर्ने चेतावनी पनि उनले दिए ।

‘पार्टीमा बाहिरबाट हस्तक्षेप भएर यस्तो भएको छ । अहिलेको सरकारले हाम्रो पार्टी चलाइरहेको छ । त्यहीकारण यस्तो भइरहेको छ’, उनले थपे, ‘जुन कुरा जगजाहेर छ । नागरिक उन्मुक्ति पार्टी अर्काको निर्णयमा किन चल्ने ? हामी हाम्रो निर्णयमा चल्नु पर्छ ।’

प्रकाशित मिति : २०८०, १९ चैत्र सोमबार  ६ : ३४ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री