२०८२, २१ चैत्र आईतबार

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री दाहालले आज दिउँसो बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन्। अहिले प्रधानमन्त्री प्रचण्डलाई एमाले, रास्वपा, जसपा र नेकपा एसको समर्थन छ । विश्वासको मतका लागि प्रचण्डले कम्तिमा १३८ मत पाउनुपर्छ ।

समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसहितको नयाँ समीकरण बनाएका छन् ।

कांग्रेसले दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले चैत २३ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।सत्ता समिकरण फेरिएसँगै कांग्रेस सरकारबाट बाहिरिएसँगै पुन आज विश्वासको मत लिन लागेका हुन् ।

प्रकाशित मिति : २०८०, ३० फाल्गुन बुधबार  ९ : ०१ बजे

सरकारले शनिबारआइतबार सार्वजनिक बिदा घोषणा, कार्यालय समय ९-५ कायम

काठमाडौं । सरकारले फेरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने

विश्व बैंक र एडीबीबाट करिब २८ अर्ब ऋण लिने सरकारको निर्णय

काठमाडौं । सरकारले विश्व बैंक र एसियाली विकास बैंक (एडीबी)

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु हुने, शनिबार-आइतबार बिदा

काठमाडौं । सरकारले देशभरका शैक्षिक संस्थामा नयाँ शैक्षिक सत्र २०८३

एमाले सांसद लिला भण्डारीलाई राष्ट्रिय सभा उपाध्यक्ष बनाउने निर्णय

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको पदमा एमाले सांसद लिला भण्डारीलाई

होटलमा डोजर चलेपछि कर्ण शाक्य आक्रोशित, ‘अधिग्रहण नगरी भत्काउन मिल्छ ?’

पोखरा । पोखरा को लेकसाइड क्षेत्रमा रहेको एक वाटरफ्रन्ट होटलमा