२०८३, २२ जेष्ठ शनिबार

प्रहरीलाई गृहमन्त्रीको निर्देशन-‘अपराधीलाई कारबाही गर्न आदेश कुर्नु पर्दैन, ऐन हेरेर कारबाही गर्नू’

प्रहरीलाई गृहमन्त्रीको निर्देशन-‘अपराधीलाई कारबाही गर्न आदेश कुर्नु पर्दैन, ऐन हेरेर कारबाही गर्नू’


उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गैरकानूनी काम अर्थात अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्न आफ्नो आदेश कुरेर नबस्न देशभरका प्रहरीलाई निर्देशन दिएका छन् ।

सामाजिक सञ्जालमार्फत गृहमन्त्री लामिछानेले गैरकानूनी काम, कर छली, गुण्डागर्दी, धाकधम्की, तस्करीलगायतका अपराध गर्ने व्यक्ति र समूहलाई कारबाही गर्न आदेश कुर्न नपर्ने बताएका हुन् । उनले ऐनअनुसार कारबाही गरेर कानूनी राज्य भनेको के हो भनेर देखाइदिन निर्देशन दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘ऐन पल्टाउनुस् र देखाइदिनुस् कानूनी राज्य भनेको के हो । तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्ने गरि काम गर्नुहोस् ।’

उनले भनेका छन् ‘देशको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा समूहले गैरकानूनी काम गरेको छ, गैरकानूनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करीलगायतका अपराध गरेको छ भने त्यसलाई कारबाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन ।’

प्रकाशित मिति : २०८०, २९ फाल्गुन मंगलबार  १२ : ०८ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति