२०८१, २४ फाल्गुन शनिबार

रास्वपा केन्द्रीय समितिको बैठक: उपनिर्वाचनबारे छलफल हुँदै

रास्वपा केन्द्रीय समितिको बैठक: उपनिर्वाचनबारे छलफल हुँदै


काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । सभापति रवि लामिछानेले आगामी वैशाख १५ गते हुने उप-निर्वाचनबारे छलफल गर्न बैठक बोलाएका हुन् ।

बैठक बालाजुस्थित केन्द्रीय कार्यालयमा सोमबार मध्यान्ह १२ बजेदेखि बस्ने रास्वपाका केन्द्रीय सदस्य एवम् प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । बैठकमा उपनिर्वाचनको तयारीबारे छलफल हुने छ । निर्वाचन आयोगले आगामी वैशाख १५ गते इलाम-२ र बझाङ-१ (१) मा उपनिर्वाचनको मिति तोकेको छ ।

नयाँ सत्ता समिकरणमा गृहमन्त्रीसहित चार वटा मन्त्रालय लिएर सरकारमा सहभागी भएको रास्वपाभित्र वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवार उठाउने कि एमालेबाट उठाउने उम्मेदवारलाई सहयोग गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ ।

इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएकाले उक्त पद रिक्त छ । यस्तै, बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको पनि सवारी दुर्घटनामा निधन भएकाले ती क्षेत्रमा निर्वाचन आयोगले १५ वैशाखमा उपनिर्वाचन गर्न लागेको हो ।

प्रकाशित मिति : २०८०, २८ फाल्गुन सोमबार  ९ : ३३ बजे

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,