२०८३, १४ कार्तिक शनिबार

उपनिर्वाचन : इलाम–२ मा उम्मेदवारीका लागि नेम्वाङसहित ६ जनाको दाबी

उपनिर्वाचन : इलाम–२ मा उम्मेदवारीका लागि नेम्वाङसहित ६ जनाको दाबी


विराटनगर । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि इलाम–२ बाट उम्मेदवार बन्न एमालेका ६ जनाले दाबी गरेका छन् । उम्मेदवारी दिन इच्छुकका लागि आफ्नो व्यक्तिगत विवरणसहित कार्यदलमा निवेदन दिन आइतबारसम्म समय तोकिएको थियो ।दिवंगत नेता सुवास नेम्वाङका छोरा सुहाङसहित ६ जनाले उम्मेदवार बन्नका लागि पार्टीको जिल्ला कमिटीले गठन गरेको उम्मेदवार छनोट कार्यदलमा निवेदन दिएका हुन् ।

निवेदन दिनेहरुमा सुहाङ नेम्वाङ, रवीन्द्र सुवेदी, डा. देवी क्षेत्री दुलाल, नरेन्द्रनाथ भट्टराई, बुद्धिप्रसाद खनाल र रिपल राई छन् ।आइतबार साँझसम्म कार्यदलमा ६ जनाको निवेदन आएको सचिव उमेश गुरुङले जानकारी दिए । निवेदन दिनेहरुमध्येबाट कार्यदलले सोमबार कोही एक जनाका लागि सर्वसम्मति खोज्ने प्रयास गर्ने जनाइएको छ । सहमति नजुटेको अवस्थामा चैत ३ गते जिल्ला सचिवालयमा सबैको नाम पेस गरिने छ ।

त्यसपछि पार्टी जिल्ला कमिटीले चैत ५ गतेसम्म उम्मेदवारको नाम केन्द्रीय समितिमा पठाउने छ । संविधानसभा सदस्य तथा पूर्व सभामुख सुवास नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो । उनको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

यसैबीच, वैशाख १५ गते हुने उपनिर्वाचनमा पहिचानवादीको तर्फबाट डकेन्द्रसिंह थेगिम उम्मेदवार बन्ने भएका छन् । उक्त क्षेत्रमा अघिल्लो निर्वाचनमा झिनो मतले पराजित भएको कांग्रेसले हालसम्म उम्मेदवार तय गर्न सकेको छैन । जिल्ला समितिका एक सदस्यका अनुसार पार्टी सभापति डम्बर खड्का उम्मेदवार बन्ने करिब पक्का भइसकेको छ । गत निर्वाचनमा उम्मेदवार रहेका खड्का नेम्वाङसँग १ सय १४ मतले पराजित भएका थिए । नेम्वाङले ३० हजार २० मत ल्याएका थिए भने खड्काले २९ हजार ९०६ मत पाएका थिए ।

प्रकाशित मिति : २०८०, २७ फाल्गुन आईतबार  ७ : ५५ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा