२०८३, १० भाद्र बिहीबार

तेस्रो पटक विश्वासको मत लिंदै प्रधानमन्त्री प्रचण्ड

तेस्रो पटक विश्वासको मत लिंदै प्रधानमन्त्री प्रचण्ड

माओवादी सांसदलाई अनिवार्य उपस्थित हुन ‘ह्वीप’


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही फागुन ३० गते विश्वासको मत लिने गरी तयारी गरेका छन् । नेपाली कांग्रेससँगको सत्ता समीकरण फेरेर नेकपा एमालेसहितको गठबन्धनमा सामेल भएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

‘फागुन ३० गतेको मिति उपयुक्त हुन्छ कि भनेर प्रधानमन्त्रीले प्रस्ताव गर्नुभएको छ,’ माओवादी केन्द्रका एक सांसदले भने, ‘हामी सल्लाहमै छौं ।’ प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले संसद्बाट विश्वासको मत लिँदा अनिवार्य उपस्थित हुन माओवादीले ह्वीप जारी गरेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले संसदीय दलको ९ औँ बैठकले सो निर्णय गरेको सांसद हितराज पाण्डेले जानकारी दिए । त्यस्तै, राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका बेलामा पनि अनिवार्य उपस्थित हुन पनि निर्देशन जारी भएको छ । ‘विश्वासको मत लिने बेलामा प्रतिनिधिसभाका सदस्यलाई उपस्थिति हुन ह्वीप वा निर्देशन जारी भएको छ,’ पाण्डेले भने, ‘अध्यक्ष उपाध्यक्षको निर्वाचनमा पनि सोही अनुसार उपस्थित हुन ह्वीप जारी गरिएको छ ।’ उनले यसअघि २०७९ पुस २६ र चैत ६ गते विश्वासको मत लिएका थिए ।

कांगेसले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । त्यसको १ महिनामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले मिति भने ठ्याक्कै नतोकिएको बताए । ‘हामी जनता समाजवादी पार्टी ९जसपा० र नागरिक उन्मुक्ति पार्टीसँग पनि छलफल गरिरहेका छौं,’ उनले भने,‘धेरै छिटो पनि होइन र ढिलो पनि नहुने गरी विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी छ ।’ नयाँ गठबन्धनलाई एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको समर्थन छ ।

प्रकाशित मिति : २०८०, २६ फाल्गुन शनिबार  ९ : ३२ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री