२०८३, २२ जेष्ठ शनिबार

आरक्षणको लागि एमालेले प्रभावकारी भूमिका निर्वाह गरेको छ : अध्यक्ष ओली

आरक्षणको लागि एमालेले प्रभावकारी भूमिका निर्वाह गरेको छ : अध्यक्ष ओली


काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन भएन भन्ने कुरा गलत भएको बताएका छन् ।
शनिबार ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित ‘संघर्षशील योद्धाहरु’ पुस्तक लोकार्पणमा बोल्दै ओलीले अवस्थामा पनि परिवर्तन आएको दाबी गरे ।

‘अहिले महिलाहरु मन्त्री, माननीय भइसक्नु भएको छ । ४० प्रतिशत महिलाहरु जनप्रतिनिधि छन् । सरकारी निकायमा ३३ प्रतिशत कार्यान्वयन गरिएको छ । संसदमा कार्यान्वयन गरिएको छ, रोजगारका क्षेत्रमा आरक्षण गरिएको छ,’उनले भने ।
महिला जागरण, सशक्तिकरण, आरक्षणको लागि एमालेले प्रभावकारी भूमिका निर्वाह गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले समानुपातिकमा आरक्षण तय गर्दा केही कमजोरी भएकाले त्यसलाई सच्याउनुपर्ने बताए ।

प्रकाशित मिति : २०८०, २६ फाल्गुन शनिबार  ९ : २४ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति