२०८३, २२ जेष्ठ शनिबार

कांग्रेसले गर्यो प्रतिपक्षमा बस्ने निर्णय, फिर्ता लियो सरकारलाई दिएको समर्थन

कांग्रेसले गर्यो प्रतिपक्षमा बस्ने निर्णय, फिर्ता लियो सरकारलाई दिएको समर्थन


काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको विश्वासको मत फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको छ। मंगलबार अपराह्न कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मत फिर्ता लिने निर्णय गरेको हो ।

बैठकको निणर्य सुनाउँदै उप– सभापति धनराज गुरुङले भने,‘ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जुन साथ दिएका थियौं, विश्वास गरेका थियौं हामीले आजबाटै समर्थन फिर्ता लिने निर्णय गरेका छौं । अब हामी प्रतिपक्षमा बसेर अघि बढ्छौ ।’माओवादी अध्यक्ष तथा प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन फुटाएर एमाले,रास्वपासहितको चार दल सम्मिलित नयाँ समिकरण बनाएपछि  फेरेपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएर संसद्मा पनि प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : २०८०, २२ फाल्गुन मंगलबार  ७ : १५ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति