२०८३, १४ कार्तिक शनिबार

‘मिसन ८४ बाट एमाले देशको निर्णायक शक्तिको रुपमा परिणत हुन्छ’

‘मिसन ८४ बाट एमाले देशको निर्णायक शक्तिको रुपमा परिणत हुन्छ’


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, मिसन ८४ बाट नेकपा एमाले देशको निर्णायक शक्तिको रुपमा परिणत हुने दाबी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित नेपाल ट्रेड युनियन आन्दोलनको ७७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ०८४ को निर्वाचनमा बहुमत ल्याउने मात्र नभइ एमालेलाई निर्णायक शक्तिको रुपमा परिणत गर्ने मिसन भएकाले जस्तो सुकै अवस्थामा पनि मिसन ८४ नछोड्ने बताएका हुन् ।

उनले भने, ‘देशमा परिवर्तनको आवश्यक छ । परिवर्तन हुन्छ र जे सुकै परिवर्तन भएपनि हामी मिसन ८४ छोड्दैनौ राष्ट्रिय शक्तिलाई अथवा नेकपा एमालेलाई निर्णायक शक्तिको रुपमा परिणत गर्ने हाम्रो गर्ने हाम्रो उद्देश्य हो मिसन ८४ चुनावमा बहुत ल्याउने मात्र होइन् त्यो भन्दा माथिको कुरा छ ।’

अध्यक्ष ओलीले अहिले व्यवस्था बद्लियो अवस्था बदल्न बाँकी छ भन्ने गलत भाष्य निर्माण भएको टिप्पणी गरे ।‘आज उल्टो हल्ला चल्ने गरेको छ । व्यवस्था बद्लियो अवस्था बदल्न बाँकी छ भन्ने यो नै गलत भाष्य हो । उनले भने, ‘मजदुरको अवस्था यस्तै थियो उहिले  नेपालमा मजदुर आन्दोलन सुरु हुँदा अवस्था त्यस्तै थियो । सामाजिक सुरक्षा, सम्मानित र सुरक्षित रोजगार लगायतमा के मजदुर वर्गले लाभ लि पाए ?।’

समाजको उल्लेखनीय हिस्सा गरिबीको रेखामुनि भएको भन्दै यस्तो स्थितिलाई तोड्नका लागि जिफन्टले चालेको कदम उत्कृष्ट रहेको उनको भनाई छ ।

प्रकाशित मिति : २०८०, २१ फाल्गुन सोमबार  ६ : ४३ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा