२०८१, २४ फाल्गुन शनिबार

कांग्रसको राजनीतिक एजेण्डा छैन, माओवादी राजनीतिक दल बनेकै छैन : विष्णु रिमाल

कांग्रसको राजनीतिक एजेण्डा छैन, माओवादी राजनीतिक दल बनेकै छैन : विष्णु रिमाल


काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले देशका मुख्य राजनीतिक शक्ति नेकपा एमाले र नेपाली कांग्रेस नै भएका बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल सिन्धुली शाखाले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै रिमालले देशमा मूल राजनीतिक प्रतिस्पर्धी शक्ति एमाले र कांग्रेस भएका प्रष्ट पार्नुभयो । ‘मूल पार्टी एमाले र कांग्रेस मात्रै हुन्, प्रतिस्पर्धा पनि यिनै दलबिच हुने हो’, उहाँले भन्नुभयो ।
दुई पार्टी मध्ये एजेण्डा र दृष्टिकोण बोकेको पार्टी नेकपा एमाले मात्र भएको उहाँले दाबी गर्नुभयो । कांग्रेससँग कुनै एजेण्डा नै नभएको उहाँले दाबी गर्नुभयो । ‘कांग्रेस अहिले एजेण्डामा छैन, गठबन्धन गरेनौँ भने चुनाव हार्छौ भन्ने मात्र छ, चुनाव हार्ने र जित्ने एजेण्डाको कुरा होइन, प्रतिस्पर्धाको कुरा हुन्छ’, उहाँले भन्नुभयो ।
कांग्रेसले गठबन्धन नगरी चुनाव जित्ने आत्मविश्वास गुमाइसकेको रिमालले बताउनुभयो । त्यसैले कांग्रेस गठबन्धनका पछाडि लागेको उहाँले तर्क गर्नुभयो ।
रिमालले माओवादीले अहिलेसम्म पार्टीको आकार समेत लिन नसकेको बताउनुभयो । ‘माओवादीले अहिलेसम्म आकार नै ग्रहण गरेको छैन, प्रखण्डजीको अहिले ३२ सिट छ ९० सिटलाई हल्लाएर खाइराख्नुभएको छ’, उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २०८०, १३ फाल्गुन आईतबार  ३ : २५ बजे

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,