२०८२, ९ फाल्गुन शनिबार

तिहारको लागि ४५ करोडको झिलिमिली बत्ती आयात

तिहारको लागि ४५ करोडको झिलिमिली बत्ती आयात


काठमाण्डौ । विद्युतीय झिलिमिली बत्ती आयात भएअनुसार बजारमा माग नभएको व्यवसायीहरुले गुनासो गरेका छन् । तिहारलाई उज्यालो पर्वको रुपमा लिइन्छ । विशेषगरी तिहारमा सयपत्री, मखमली, गोदावरी फूल र दियो बत्ती पछिल्लो समय विद्युतीय झिलिमिली बत्तीको प्रयोग गरी तिहारलाई अझ विशेष बनाउने गरिन्छ ।

केही वर्षदेखि तिहारमा सबैभन्दा बढी विद्युतीय बत्तीहरुको प्रयोग गर्ने प्रचलन बढेको छ । तिहार लागेसँगै हरेक पसल तथा घरलाई झिलिमिली बनाउनको लागि झिलिमिली बत्तीको प्रयोग गर्ने गर्दछन् । विगतमा नेपालीहरुको माटोको दियो बालेर तिहारमा झिलिमिली बनाउने गर्दथे भने देशमा पर्याप्त विद्युत् उपलब्ध भएसँगै विद्युतीय बत्तीहरुको प्रयोग गरिन थालेको छ ।

हरेक वर्ष विद्युतीय व्यवसायीहरुले बजारको मागअनुसार झिलिमिली बत्तीहरु आयात गर्ने गरेका छन् । तिहारमा हरेक वर्ष झिलिमिली माला लगायतका बत्तीहरुको माग बढेसँगै आयातमा पनि वृद्धि हुँदै आएको छ । तिहारमा हरेक वर्ष १० प्रतिशतले आयात वृद्धि हुँदै गएको व्यवसायीहरु बताउँछन् ।

तिहारको लागि गएको वर्ष ३६ करोड बराबरका विद्युतीय दियो, मालाबत्ती लगायत झिलिमिली बत्तीहरु आयात भएकोमा यो वर्ष १० प्रतिशतले वृद्धि भएर लगभग ४० देखि ४५ करोड रुपैयाँ बराबरको बत्ती आयात भएको विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले बताउनु भयो ।

उहाँका अनुसार यस वर्ष तिहारका लागि करिब ४५ करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको उल्लेख गर्नुभयो । उहाँले विशेषगरी तिहारमा लक्ष्मीपूजाको दिनसम्म झिलिमिली बत्तीको व्यापार हुने बताउनु भयो । उहाँले आर्थिक मन्दीका कारण यस वर्षको तिहारमा आयात भएअनुसार झिलिमिली बत्तीको व्यापार धेरै नहुने अवस्था देखिएको बताउनु भयो । उहाँले बजारको माग भन्दा बढी झिलिमिली बत्ती आयात भएको भन्दै बजारमा झिलिमिली बत्तीको माग गएको वर्षको तुलनामा कमी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तिहारलाई उज्यालो पर्वको रुपमा लिइन्छ । विशेषगरी माला बत्तीहरु मागसँगै व्यापार बढेको छ । त्यहीअनुरुप सप्लाई पनि भएको छ । विगत भन्दा माला बत्तीहरुको आयात पनि बढेर आएको छ । तर जुन अनुपातमा बत्तीहरुको आयात बढे पनि व्यापार भने बढ्न सकेको छैन । आर्थिक संकुचनको कारण घर निर्माणसँग सम्बन्धित व्यवसाय भएकाले घर निर्माण नभएकाले व्यापारमा कमी आएको छ ।’

उहाँले अगाडि भन्नुभयो ‘गएको वर्षको तिहारमा ३६ करोड बराबरको तिहारको लागि झिलिमिली बत्तीहरुको आयात गरेका थियौँ । त्यहीअनुसार बजारमा गएको थियो । गएको वर्षको भन्दा आयात बढेर ४५ करोड बराबरको सामान आयात भएको छ । तर माग भने कम भएको छ ।’

उहाँले एउटै झिलिमिली बत्तीमा ७ प्रतिशतसम्म मूल्यवृद्धि भएको बताउनु भयो । उहाँले भन्सारमा चीनबाट आयात भएका बत्तीहरुको सरकारले मूल्याङ्कन डलरमा गर्दा व्यवसायी र उपभोक्ता मर्कामा परेको बताउनु भयो । उहाँले झिलिमिलि बत्ती विशेषगरी चीन र भारतबाट आयात हुने गरेको बताउनु भयो । उहाँले ९० प्रतिशत बत्ती चीनबाट र बाँकी भारतबाट आयात हुने गरेको बताउनु भयो ।

प्रकाशित मिति : २०८०, २५ कार्तिक शनिबार  ६ : २२ बजे

चियाबारी-खुर्कोट सुरूङ एमालेकै नेतृत्वमा बन्छ : मनोजजंग

सिन्धुली: चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण नेकपा एमालेको नेतृत्वमै सम्पन्न हुने

एमालेको झण्डा जलाउनेलाई कारबाहीको चेतावनी : अञ्जना अधिकारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)की युवा नेतृ अञ्जना अधिकारीले पार्टीको

तेमालका हजार एमालेमा प्रवेश : अमित लामाद्वारा स्वागत

बनेपा। तेमाल गाउँपालिका-१ सस्र्यूखर्क लामागाउँका हजार सिं तामाङ नेकपा (एमाले)

सप्तरीमा एमाले झण्डा र उम्मेदवारको तस्वीर जलाएको भिडियो सार्वजनिक

राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर २, महदेवा गाउँपालिकाबाट प्रतिनिधिसभा सदस्य

नेकपाका २ दर्जन कार्यकर्ताले उठाए बिद्रोहको झण्डा, मनोजजंगलाई बिजयी गराउने उद्घोष

सिन्धुली । आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्यको निर्वाचन