२०८२, १७ पुस बिहीबार

फागुन १ गते जनयुद्ध दिवस मनाउने प्रस्ताव संसदबाट पारित गरेर देखाउन सरकारलाई एमालेको चुनौती

फागुन १ गते जनयुद्ध दिवस मनाउने प्रस्ताव संसदबाट पारित गरेर देखाउन सरकारलाई एमालेको चुनौती


काठमाण्डौ । नेकपा एमालेका सांसद विष्णु पौडेलले सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउने प्रस्तावलाई संसदमा ल्याएर पारित गर्न चुनौती दिनुभएको छ ।

आज प्रतिनिधिसभाको बैठकमा सांसद पौडेलले सरकारलाई यस्तो चुनौती दिनुभएको हो । उहाँले फागुन १ गतेका दिनलाई जनयुद्ध दिवसको रूपमा बिदा दिए लोकतन्त्रको सबलीकरण नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘फागुन १ गते दिवस मनाएर देशमा कुनै लोकतन्त्रको सबलीकरण हुन सक्दैन । नेपालको लोकतान्त्रिक छवि अन्तर्राष्ट्रिय जगतमा स्थापित हुन सक्दैन भन्ने मलाई लाग्दछ । यदि यो सरकारलाई फागुन १ गते युद्ध दिवस मनाउनैपर्छ भन्ने लाग्छ भने त्यो प्रस्ताव सदनमा प्रस्तुत गरेर पारित गर्ने आँट गरोस् । त्यो आँट छ सरकारसँग ? सरकारले सदनमा प्रस्ताव प्रस्तुत गरोस् । नेपालीका प्रतिनिधिले त्यसका बारेमा निर्णय दिनेछन् । म चुनौतीका साथ भन्न चाहन्छु, सरकार यो गलत निर्णयबाट पछि हटोस् ।’

सांसद पौडेलले सरकारले प्रतिपक्षलाई दोष लगाएर शान्ति प्रक्रिया टुङ्ग्याउन नचाहेको आरोप लगाउनुभयो । उहाँले सरकारको काम, कारबाहीका कारण संसद्को भूमिका प्रभावकारी हुन नसकेको पनि बताउनुभयो ।

प्रकाशित मिति : २०८०, १६ कार्तिक बिहीबार  ६ : २६ बजे

कांग्रेस विशेष महाधिवेशनका लागि भृकुटीमण्डप हल बुकिङ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा

सुनसरी गोली काण्ड: ५ बुँदे सहमति, छानबिन समिति गठन

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर

प्रधानमन्त्री कार्कीद्वारा दुर्गा प्रसाईँसँग सिंहदरबारमा वार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

आजदेखि अंग्रेजी नयाँ वर्ष, इस्वी संवत् २०२६ सुरु : संसारभर कार्यक्रम हुँदै

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् इस्वी

अध्यक्ष-उपाध्यक्षको विवादले ग्रामथान गाउँपालिकामा आज पनि तनाव

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको कार्यालय परिसरमा आज पनि तनावपूर्ण