२०८३, १४ कार्तिक शनिबार

एमाले मधेश प्रदेशको अधिवेशन सुरु

एमाले मधेश प्रदेशको अधिवेशन सुरु


काठमाडौं । नेकपा एमालेको मधेश प्रदेशको प्रथम अधिवेशन जनकपुरधाममा सुरु भएको छ । जनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति केन्द्रको भवनमा सुरु भएको अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

अधिवेशनका उद्घाटनका लागि एमाले अध्यक्ष ओलीसहितका शीर्ष नेता बिहान जनकपुरधामा आइपुगेका हुन् ।

अधिवेशनबाट २३५ सदस्य प्रदेश कमिटी चयन हुने एमालेले जनाएको छ । जसको लागि मधेश प्रदेशको आठवटै जिल्लाबाट खुल्ला तथा विभिन्न क्लस्टरबाट एक हजार २७ प्रतिनिधि छनोट गरिएको छ ।

सकेसम्म सहमति प्रक्रियाबाटै समिति चयन गर्ने प्रयासमा रहेको मधेश प्रदेश इन्चार्ज समेत रहेका एमालेका सचिव योगेश भट्टराईले बताए । सहमतीय प्रक्रियाबाट नभए लोकतान्त्रिक प्रतिष्पर्धाबाट नेतृत्व चयन गर्ने उनको भनाइ छ ।

अधिवेशन सम्पन्न गराउन १०५ जना स्वयंसेवक परिचालन गरिएको छ । नेता कार्यकर्ता व्यवस्थापनका लागि प्रतिनिधि तथा नेताहरू बस्न २२ वटा होटल भाडामा लिइएको छ ।

एमालेको मधेश प्रदेश अध्यक्षका लागि धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादव, सिहा जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, संविधान सभा सदस्य पर्साका विचारी यादव, धनुषाका पूर्व जिल्ला सचिव लक्ष्मीनारायण यादव लगायत आकंक्षी देखिएका छन् ।

प्रकाशित मिति : २०८०, २४ आश्विन बुधबार  ४ : ५२ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा