२०८३, १४ कार्तिक शनिबार

एमाले सुदूरपश्चिम अधिवेशन : अध्यक्षमा तीन जनाको दाबी साँझदेखि मतदान हुने

एमाले सुदूरपश्चिम अधिवेशन : अध्यक्षमा तीन जनाको दाबी साँझदेखि मतदान हुने


काठमाडौँ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन आजपनि जारी रहेको छ । हिजो साँझ निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार आज साँझ ५ बजेदेखि मतदान हुन लागेको हो । आज बिहान ७ देखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । उम्मेदवारको प्रारम्भिक नामावली बिहान साढे ११ बजे प्रकाशन गर्ने र त्यही समयभित्र उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ ।

निर्वाचन तालिका अनुसार साढे १२ देखि २ बजेसम्म उम्मेदवारी फिर्ता गर्न सकिने निर्वाचन समितिले जनाएको छ । साढे २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। एमाले सुदूरपश्चिम निर्वाचन समितिले बेलुकी ५ बजेदेखि मतदान सुरु गर्ने बताएको छ ।

प्रदेश अध्यक्षमा अछामका कृष्णप्रसाद जैसी र कमल तिमिल्सिना तथा कञ्चनपुरका वचनबहादुर सिंहको दाबी छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रदेश अधिवेशनको उद्घाटन गर्नुभएको थियो। अधिवेशनमा ६ सय ५७ जना प्रतिनिधि रहेका छन् । अधिवेशनले ५ पदाधिकारीसहित १ सय ५५ सदस्यीय कमिटी निर्वाचित गर्ने छ।

प्रकाशित मिति : २०८०, २३ आश्विन मंगलबार  ८ : ५३ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा