२०८२, २२ चैत्र सोमबार

एमाले सुदूरपश्चिम अधिवेशन : अध्यक्षमा तीन जनाको दाबी साँझदेखि मतदान हुने

एमाले सुदूरपश्चिम अधिवेशन : अध्यक्षमा तीन जनाको दाबी साँझदेखि मतदान हुने


काठमाडौँ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन आजपनि जारी रहेको छ । हिजो साँझ निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार आज साँझ ५ बजेदेखि मतदान हुन लागेको हो । आज बिहान ७ देखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । उम्मेदवारको प्रारम्भिक नामावली बिहान साढे ११ बजे प्रकाशन गर्ने र त्यही समयभित्र उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ ।

निर्वाचन तालिका अनुसार साढे १२ देखि २ बजेसम्म उम्मेदवारी फिर्ता गर्न सकिने निर्वाचन समितिले जनाएको छ । साढे २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। एमाले सुदूरपश्चिम निर्वाचन समितिले बेलुकी ५ बजेदेखि मतदान सुरु गर्ने बताएको छ ।

प्रदेश अध्यक्षमा अछामका कृष्णप्रसाद जैसी र कमल तिमिल्सिना तथा कञ्चनपुरका वचनबहादुर सिंहको दाबी छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रदेश अधिवेशनको उद्घाटन गर्नुभएको थियो। अधिवेशनमा ६ सय ५७ जना प्रतिनिधि रहेका छन् । अधिवेशनले ५ पदाधिकारीसहित १ सय ५५ सदस्यीय कमिटी निर्वाचित गर्ने छ।

प्रकाशित मिति : २०८०, २३ आश्विन मंगलबार  ८ : ५३ बजे

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौँ ।आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्ने छ। प्रतिनिधिसभाको