२०८३, ८ आश्विन शुक्रबार

कम्हलरी प्रथामाथी बन्यो ‘लावाजुनी’

कम्हलरी प्रथामाथी बन्यो ‘लावाजुनी’

खबरघर
0
Shares

दाङ । पश्चिम नेपालका थारु समुदायको कम्हलरी प्रथालाई मुख्य विषयवस्तु बनाई निर्माण गरिएको चलचित्र ‘लावाजुनी’को पोष्टर सार्वजनिक गरिएको छ । थारू भाषामा लावाजुनी भनेको नयाँ जीवन हो ।

घोराहीमा आयोजना गरिएको एक कार्यक्रममा मुक्त कम्हलरी विकास मञ्चकी पूर्व अध्यक्ष उर्मिला चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जीएम, दाङ शाखा अध्यक्ष सबिन पि्रयासन, चलचित्रका लेखक एवं निर्देशक केएल पीडितले पोष्टर सार्वजनिक गरेका थिए ।

पोष्टर सार्वजनिक कार्यक्रममा चलचित्रका कार्यकारी निर्माता गेहेन्द्र बस्नेत, युवा अभियन्ता प्रकाश शाही, नायक बीरुभाइ बज्राचार्य, निर्मात्रीद्वय रिना बस्नेत र पद्मा लम्साल पनि सहभागी थिए ।

नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष समेत रहेका निर्देशक एवं लेखक पीडितले दास प्रथाको रुपमा प्रचलनमा रहेको कम्हलरी प्रथाका कारण विगतमा थारु बालिकाहरुले भोग्नु परेको नारकीय जीवन र उनीहरुको मुक्तिको संघर्ष र सपनालाई चलचित्रमा चित्रण गरिएको बताए ।

विदेशमा विशेष प्रदर्शनपछि ‘लावाजुनी’लाई हलमा प्रदर्शन गरिने कार्यकारी निर्देशक पीडितले बताए ।

चलचित्र लावाजुनीमा छबिलाल कोपिला, अनिता महतारा, सुशीला चौधरी, ज्वाला खतिवडा, वर्षा लम्साल, सुप्रीया देवकोटा, निश्मा वली लगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्रको संगीत सन्तोष श्रेष्ठले गरेका छन् भने गीतमा कोमल वली, कुलानन्द गिरी, सतिस राजभण्डारी, स्वीकृति डाँगी र कोमलसरी घर्तीको स्वर रहेको छ । नृत्य निर्देशन नरेन्द्र चौधरीले गरेका छन् ।

चलचित्रको कार्यकारी निर्माता गेहेन्द्र बस्नेत हुन् भने रिना बस्नेत, सम्झना जीएम, पद्मा लम्साल र बसन्तराज भट्ट निर्माता हुन् ।

प्रकाशित मिति : २०७४, ११ कार्तिक शनिबार  ८ : २७ बजे

राष्ट्रपतिबाट इन्द्रजात्रा अवलोकन, वसन्तपुरमा विशिष्ट व्यक्तिको जमघट

काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा राष्ट्रपति रामचन्द्र

काठमाडौंमा उर्लिए खोलानाला : कहाँ के छ अवस्था ?

काठमाडौं । लगातारको वर्षासँगै काठमाडौं उपत्यकाका नदी तथा खोलानालामा पानीको

एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ

काठमाडौं । खोलाको पानीको बहाव बढेपछि गृहमन्त्री सुधन गुरुङले ललितपुरको

आयल निगमको अध्यक्षमा रुद्रसिंह तामाङ, ‘नियमित र सहज आपूर्ति सुनिश्चित गर्छु’

काठमाडौं । नेपाल आयल निगम सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी रुद्रसिंह

सोल्टी होटलमा व्यवस्थापनविरुद्ध तीन युनियन उत्रिए, ‘एकतर्फी सरुवा फिर्ता गर’

काठमाडौं । राजधानीको प्रतिष्ठित द सोल्टी होटलमा कर्मचारी सरुवाको विषयलाई