२०८२, २० चैत्र शनिबार

देशलाई बोक्ने जिम्मेवारी एमालेको काँधमा छ : शंकर पोखरेल

देशलाई बोक्ने जिम्मेवारी एमालेको काँधमा छ : शंकर पोखरेल


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशलाई बोक्ने जिम्मेवारी एमालेको काँधमा आएको वताउनु भएको छ ।
आजबाट सुरु भएको नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन उदघाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो । उहाँले देशलाई शान्ति प्रक्रियामा ल्याउन, संविधान जारी गर्न र त्यसलाई कार्यान्वयनको लागि एमालेले नेतृत्व गरिरहेको बताउनुभयो ।

सिङ्गो नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने कामको अगुवाइ नेकपा एमालेले गरेको उहाँले भनाई छ । उहाँले अहिले राष्ट्रलाई जोड्ने अभियानमा एमालेले अगुवाइ गरेको स्मरण पनि गराउनुभयो । यतिेबला एमाले र एमालेको नेतृत्व माथि चौतर्फी घेराबन्दीको प्रयास भएको भन्दै त्यसलाई चिरेर अघि बढने उहाँले बताउनुभयो । यस्तो बेलामा पनि देशलाई बोक्ने जिम्मेवारी एमालेको काँधमा रहेको पोखरेलले प्रष्ट पार्नुभयो ।

अहिले देश चरम आर्थिक संकटमा फसेको भन्दै महासचिव पोखरेलले सरकारको कडा आलोचना गर्नुभयो । देशलाई गम्भीर आर्थिक संकटमा लैजाने काम वर्तमान गठबन्धन सरकारले गरिरहेको उहाँले दाबी गर्नुभयो । वर्तमान सरकारले दलाल नोकरसाहको हितमा काम गरिहरेको उहाँले बताउनुभयो । ‘यो सरकार जनताको सरकार होइन, दलाल नोकर साहहरूको सरकार हो’, महासचिव पोखरेलले भन्नुभयो ।

सुशासनको कुरा गर्ने सरकारले भ्रष्टाचारको घटना छानबिन गर्न समेत प्रतिपक्षले दबाब दिनु परेको उहाँले स्मरण पनि गराउनुभयो । जति बेला तस्करीको सुन पक्राउ पर्छ त्यति बेला गठबन्धनका नेताहरूको चरित्र उदाङ्गो हुने गरेको उहाँले उदाहरण दिनुभयो ।

संविधान कार्यान्वयनको सन्दर्भमा प्रदेश र स्थानीय तहसम्म अधिकार पु¥याउने कुरामा सबैभन्दा बढी काम नेकपा एमालेले गरेको उहाँले बताउनुभयो । देशमा एमालेले विकास निर्माणको अभियान नै चलाएकोमा अहिले त्यसलाई रोक्ने काम भइरहेको भन्दै उहाँले गठबन्धन सरकारको आलोचना गर्नुभयो । ‘गठबन्धन सरकार बने पछि सबै क्षेत्र अस्तव्यस्त बनेको छ’, महासचिव पोखरेलले भन्नुभयो ।

गठबन्धन सरकारले देश बर्बाद गर्ने काम मात्र गरेको तथ्य पनि उहाँले औल्याउनु भएको छ । अहिलेका प्रधानमन्त्री जनतालाई जस्तोसुकै समस्या परे पनि मस्तराममा रहेका उहाँको भनाइ छ । देश गम्भीर समस्यामा परेको बेला पनि प्रधानमन्त्री १५ दिनसम्म विदेश भ्रमणमा हिँड्नु भएको भन्दै उहाँले आलोचना गर्नुभयो । ‘गठबन्धनको नेतृत्व जति बेलासम्म सरकारमा रहन्छ, जनताको भाग्य र भविष्य बरबाद हुँदै छ, त्यस अर्थमा यो सरकारलाई छिटो भन्दा छिटो बिदा दिनुपर्छ’ उहाँले भन्नुभयो ।

अहिले देशको आर्थिक संकटको प्रमुख कारण गठबन्धन सरकारको भ्रष्टता नै भएको उहाँले बताउनु भयो । त्यसको अन्त्यको लागि आउने चुनावबाट नेकपा एमाले बहुमत सहित सरकारमा जान पर्नेमा महासचिव पोखरेलको निश्कर्ष छ ।

प्रकाशित मिति : २०८०, १५ आश्विन सोमबार  ७ : ३२ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।