२०८२, ११ पुस शुक्रबार

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध चार उजुरी

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध चार उजुरी


काठमाडौं , भदौ २१ : प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध संसदीय सुनुवाइ समितिमा चार उजुरी दर्ता भएका छन्। समितिले १० दिनको समयसीमा तोकेर उजुरी आह्वान गरेको थियो। उक्त समयसीमा बुधबार सकिएको हो। सङ्घीय संसद् सचिवालयका अनुसार बुधबार साँझसम्म चारवटा उजुरी दर्ता भएकाे छ।

सचिवालयले औपचारिक रुपमा उजुरी सार्वजनिक भने गरेको छैन। उजुरी सार्वजनिक गर्न शुक्रबार बिहान बैठक बोलाइएको छ। सङ्घीय संसद् सचिवालयका सह–सचिव ध्रुवप्रसाद घिमिरेले शुक्रबारको बैठकले उजुरी सार्वजनिक गर्ने बताए। उनले भने ‘तोकिएको १० दिनको समयसीमामा चारवटा उजुरी दर्ता भएका छन्।

शुक्रबार बिहान बैठक बोलाइएको छ। सोही बैठकले औपचारिक रुपमा उजुरी सार्वजनिक गर्नेछ।’ यसअघि संवैधानिक परिषदले भदौ ७ गते मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।
– गोरखापत्र दैनिक

प्रकाशित मिति : २०७५, २१ भाद्र बिहीबार  ७ : १० बजे

सिन्धुलीको कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था तनावग्रस्त

विश्वप्रकाश शर्माद्वारा आगामी निर्वाचन नलड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय