२०८३, १४ कार्तिक शनिबार

एमाले कर्णालीको अध्यक्षमा गुलाबजङ्गको सुरुवाती अग्रता

एमाले कर्णालीको अध्यक्षमा गुलाबजङ्गको सुरुवाती अग्रता


सुर्खेत ।  नेकपा (एमाले) कर्णाली प्रदेशको अध्यक्षका लागि पोलिटव्युरो सदस्य गुलावजंग शाहले ५२ मत ल्याएर शुरुवाती अग्रता लिएका छन् ।

आइतबार सम्पन्न मत गणनाको प्रारम्भीक नतिजा अनुसार एक सय मत गणना गर्दा शाहले ५२ ल्याएका छन् भने अध्यक्षका अर्का उम्मेरदवार मिनबहादुर शाहीले ३८ मत ल्याएका छन् । अध्यक्षका अर्का उम्मेरदवार प्रकाशबहादुर शाहीले २ मत प्राप्त गरेका छन् । शाह र शाहीको मतान्तर १४ मत छ । प्रारम्भीक मत परिणाम अनुसार उपाध्यक्षमा टेकराज पछाईले ४६, लालबादुर महतारले ३२ र दानसिंह नेपालीले ११ मत प्राप्त गरेका छन् । पछाई शाह प्यानका हुन भने महतारा शाहीको प्यानलमा निर्वाचन लडेका थिए ।

यसैगरी सचिव पदमा शाह प्यानलकै सुर्खेतका धुर्व कुमार शाहीले ६५ मत प्राप्त गरेका छन् भने दैलेखका रुद्रबहादुर शाहीले २७ मत प्राप्त गरेको छन् । उपसचिवमा पनि शाहकै प्यानलले अग्रता लिएको छ । शाहको प्यानलमा उठेका दैलेखका रविन्द्रराज शर्माले ३८, कालीकोटका रमेश शाहीले ३१ मत प्राप्त गरेका छन् ।

यसैगरी सुर्खेतकी पद्मा खड्काले २३ मत ल्याएकी छन् । शाहीको तर्फबाट खड्कालाई अघि सारिएको थियो । उपसचिवका उम्मेरदवार धिरेन्द्रराज गिरीले १३ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०८०, १५ आश्विन सोमबार  ३ : ३९ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा