२०८३, १० बैशाख शुक्रबार

सुर्खेतको एक होस्टेलमा ८ वर्षीय बालक मृत भेटिए, विद्यालय परिसर तनावग्रस्त

सुर्खेतको एक होस्टेलमा ८ वर्षीय बालक मृत भेटिए, विद्यालय परिसर तनावग्रस्त


काठमाडौं । वीरेन्द्रनगरको एक निजी विद्यालयको होस्टेलमा ८ वर्षीय बालक मृत फेला परेका छन् । वीरेन्द्रनगर नगरपालिका-६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय बालक मृत भेटिएका हुन् ।

मृत भेटिएका बालक चामुण्डा बिन्द्रासैनी नगरपालिका-२ दैलेखका सलाम पुलामी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उषा बालवाटिकामै कक्षा २ मा अध्ययनरत उनी शुक्रबार राति होस्टेलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

शुक्रबार राति झुण्डिएको अवस्थामा फेला परेका बालकको शव अहिलेसम्म उठाइएको छैन । घटना शंकास्पद भएको भन्दै आफन्तहरू आन्दालन गरेका छन् ।

आफन्तले होस्टेल बाहिर तोडफोड गरेपछि उषा विद्यालयको परिसर तनावग्रस्त बनेको छ । विद्यालय परिसरमा प्रहरी तैनाथ गरिएको छ । आफन्तहरु घटनाको छानबिन गर्नुपर्ने भन्दै तोडफोडमा उत्रिएपछि प्रहरीले अश्रु ग्याँससमेत प्रहार गरेको छ ।

प्रहरीले सञ्चालक समितिलाई नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी योगेन्द्रबहादुर थापाले जानकारी दिए ।

‘प्रहरीले भिडलाई नियन्त्रणमा लिएको छ । शवको मुचुलका उठाउने काम भइरहेको छ,’ एसपी थापाले भने, ‘घटना संवेदनशील छ, थप अनुसन्धान गरिरहेका छौं ।’

प्रकाशित मिति : २०८०, १३ आश्विन शनिबार  १ : ४९ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले