२०८३, १० भाद्र बिहीबार

एमाले बाग्मती प्रदेशको नेतृत्व चुन्न मतदान चल्दै

एमाले बाग्मती प्रदेशको नेतृत्व चुन्न मतदान चल्दै


काठमाण्डौ । नेकपा एमालेको बाग्मती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि मतदान भइरहेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा विद्युतीय मेशिनबाट मतदान भइरहेको हो ।

प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल र कृष्णप्रसाद दाहाल उम्मेदवार हुनुहुन्छ । यसअघि केशवप्रसाद पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकीले पनि उम्मेदवारी दर्ता गराए पनि उहाँहरूले पछि फिर्ता लिएकाले दुई जनाबीच मात्र अध्यक्षमा प्रतिस्पर्धा भइरहेको हो ।

उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथला तथा सचिव पदमा नवराज सिलवाल र हस्तबहादुर पण्डितबीच प्रतिस्पर्धामा भइरहेको छ ।

गएको ८ गते शुरु भएको एमालेको प्रदेश अधिवेशन असोज १० गतेसम्म चल्ने तय भएको थियो । तर प्रदेश नेतृत्वका लागि सहमति जुट्न नसक्दा दुई दिन लम्बिएको हो ।

अधिवेशनबाट पाँच पदाधिकारीसहित दुई सय ४० सदस्यीय प्रदेश कमिटी चयन हुनेछ । अधिवेशनमा एक हजार एक सय ७४ प्रतिनिधि सहभागी छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सहमतिमा नेतृत्व टुङ्गो लगाउन निर्देशन दिए पनि सहमतिको प्रयास विफल भएपछि चुनाव गरिएको हो ।

प्रकाशित मिति : २०८०, १२ आश्विन शुक्रबार  ४ : १० बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री