२०८३, १० भाद्र बिहीबार

एमाले अधिवेशनमा विद्युतीय मेसिनमार्फत मतदानको व्यवस्था मिलाइने

एमाले अधिवेशनमा विद्युतीय मेसिनमार्फत मतदानको व्यवस्था मिलाइने


काठमाडौ । नेकपा एमाले वागमती प्रदेश अधिवेशनमा इलेक्ट्रोनिक (विद्युतीय)मेसिनमार्फत मतदान हुने भएको छ ।

असोज ८ गते काठमाडौँको भृकुटीमण्डपमा उद्घाटन हुने अधिवेशनमा मतदानका लागि विद्युतीय मेसिनको प्रयोग गर्ने तयारी भएको नेकपा एमालेका नेता रामेश्वर फुयाँलले जानकारी दिए । 

‘बागमती अधिवेशनमा मतदानका लागि हामी ट्याङ्की राख्दैनौ । विद्युतीय मेसिनको प्रयोग गर्छौ’, फुयालको भनाइ छ । कतिवटा मेसिन प्रयोग गर्ने भन्ने आन्तरिक छलफल भइरहेकाले टुंगो लागिनसनेको फुयालले बताए । उनका अनुसार अधिवेशनको तयारी लगभग पुरा भएको छ । अधिवेशनमा झण्डै साढे १२ सय प्रतिनिधि सहभागी हुनेछन् । उद्घाटन अघि काठमाडौँका विभिन्न स्थानबाट र्यालीसहित नेता कायकर्ताहरु झाँकीसहित अधिवेशनस्थल आउने छन् । अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव गरी पाँच जना पदाधिकारीसहित २४० जना प्रदेश नेतृत्व छनोटका लागि अधिवेशन हुँदैछ ।

एमाले प्रदेश कमिटी अध्यक्षमा रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्ण दाहाल, नुवाकोटका केशवराज पाण्डे, काठमाडौँका सानु श्रेष्ठ, दोलखाकी रचना खड्का लगायतले आकांक्षा राखेका छन् । तर एमाले नेतृत्वले सकभर सहमतिमै नेतृत्व चयन गर्नुपर्ने भन्दै प्रयास जारी राखेको छ । सर्वसम्मत नेतृत्व चयन हुन नसके चुनावमार्फत छान्ने विकल्प बाँकी रहेकाले नेताहरुले आ-आफ्नो तयारी गरेको बुझिएको छ ।

प्रकाशित मिति : २०८०, ७ आश्विन आईतबार  १२ : ०२ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री