२०८३, १० कार्तिक मंगलबार

मोटरसाइकल दुर्घटनाका घाइते युवकको ज्यान गयो

मोटरसाइकल दुर्घटनाका घाइते युवकको ज्यान गयो


काठमाडौं । कैलालीको चुरे गाउँपालिका–५ भासु भीर क्षेत्र मन्दिर नजिकै भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका डोटीका एक युवकको ज्यान गएको छ ।

अत्तरीया स्याउले जोड्ने भीमदत्त राजमार्गमा तराईबाट पहाडतर्फ आउदै गरेको से ६ प ८७२१ नम्बरको मोटरसाइकल शुक्रवार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक डोटीको जोरायल गाउँपालिका–१ का १९ वर्षीय भीमबहादुर बिक गम्भीर घाइते भएका थिए ।

घाइते बिकको आज शनिवार उपचारको क्रममा ज्यान गएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घाइते बिकको पदमा अस्पताल अत्तरीयामा उपचार हुन नसकेपछि निसर्ग अस्पताल धनगढीमा रिफर गरिएको थियो ।

यसैगरी दुर्घटनामा घाइते भएका मोटरसाइकल पछाडी बसेका ४५ वर्षीय ओमप्रकाश सुनारको पनि पदमा अस्पतालमा उपचार हुन नसकेपछि अहिले निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८०, ६ आश्विन शनिबार  ६ : १६ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना