२०८२, १० माघ शनिबार

राजनीतिक दलहरू देशप्रति जिम्मेवार हुनुपर्छ : ओली

राजनीतिक दलहरू देशप्रति जिम्मेवार हुनुपर्छ : ओली


काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरू देशप्रति जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

देश गम्भीर सङ्कटको अवस्थामा पुगेको उल्लेख गर्दै अध्यक्ष ओलीले ती समस्याहरूलाई समाधान गर्न सबै राजनीतिक दल एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित ‘सुवास र संविधान’ विषयक कार्यक्रममा उहाँले धरै प्रकारका खतराहरूबाट देश जेलिएको उल्लेख गर्दै त्यसबाट मुक्त गराउनु प्रमुख राजनीतिक दलहरूको कर्तव्य भएको उल्लेख गर्नुभयो ।

ओलीले भन्नुभयो, ‘आज देश जहाँ पुगेको छ, यति बेला सबैले गम्भीर भएर सोच्नपर्ने अवस्था आएको छ । सबै पार्टी, सबै पक्ष मिलेर देशका समस्या समाधान गर्न एकजुट हुनुपर्ने परिस्थिति आएको छ । नत्र भने धेरै प्रकारका खतराहरूबाट हामी जेलिदैछौँ । त्यसतर्फ हाम्रो ध्यान जानुपर्छ । त्यसमा पनि प्रमुख राजनीतिक दलहरूको कर्तव्य हो यो । प्रमुख राजनीतिक दलहरू जिम्मा, जमानी बसेर धेरै आन्दोलन भएका छन् । धेरै ठूलो हिसाब गर्न नसकिने क्षति बेहोरेर यो ठाउँमा आइपुगेका छौँ । यी आजका उपलब्धिहरू यत्तिकै आकाशबाट आएका होइनन् । यसलाई गुम्न दिन सकिँदैन, यसलाई गुम्न दिन हुँदैन ।’

अध्यक्ष ओलीले संविधान निर्माणमा नेम्वाङले दिएको योगदानको सम्मान र प्रशंसा गर्दै देशमा प्राप्त संवैधानिक र राजनीतिक अधिकार गुम्न नदिन एमालेले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले नेम्वाङको अभावमा संविधान दिवस मनाउनुपर्ने दुःखद अवस्था आएकाले उहाँको स्मरणमा पार्टीले ‘सुवास र संविधान’ विषयक कार्यक्रम आयोजना गरेको बताउनुभयो ।

ओलीले एमालेले देशलाई समृद्ध बनाउने उद्देश्य लिएको र त्यसलाई पूरा गरेरै छोड्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २०८०, २ आश्विन मंगलबार  ५ : २४ बजे

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई

चुनावी प्रतिस्पर्धा खुम्चियो, ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये