२०८३, ९ कार्तिक सोमबार

नेम्वाङको निधनमा प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

नेम्वाङको निधनमा प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित


काठमाण्डौ । प्रतिनिधिसभा बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवम् वर्तमान प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा नेम्वाङको निधनको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । उहाँको निधनमा एक मिनेट उठेर मौन धारणसमेत गरिएको छ ।

सभाको बैठकमा सभामुख घिमिरेले स्व: नेम्वाङले लोकतन्त्र र गणतन्त्रका लागि भएका हरेक आन्दोलनमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्नुभएको र संविधानसभाबाट संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेल्नुभएको बताउनुभयो । मृदुभाषी, सरल र सहज र समन्वयकारी व्यक्तित्वका धनी सुवासचन्द्र नेम्वाङको निधनबाट देशलाई अपूरणीय क्षति पुगेको उहाँले बताउनुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति : २०८०, २८ भाद्र बिहीबार  ६ : १६ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि