२०८३, ९ कार्तिक सोमबार

शेयर बजार दोहोरो अङ्कले बढ्यो, १ अर्ब ७ करोड रुपैयाँको कारोबार

शेयर बजार दोहोरो अङ्कले बढ्यो, १ अर्ब ७ करोड रुपैयाँको कारोबार


काठमाण्डौ । हप्ताको पहिलो दिन शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १० दशमलव २३ अङ्कले बढेर एक हजार नौ सय ४२ दशमलव ६८ विन्दुमा पुगेको छ ।

आज जलविद्युत् बाहेक अरू सबै समूहको शेयर बढेको छ । सबैभन्दा धेरै सूर्योदय वमी लघुवित्त, शुभम् पावर, न्यादी हाइड्रो र मेन्छियाम हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सबैभन्दा धेरै हिमाल दोलखा हाइड्र्रोपावर कम्पनीको शेयर झन्डै आठ प्रतिशतले ओरालो लागेको छ ।

आज ४३ लाख १४ हजार कित्ता शेयर एक अर्ब सात करोड २२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आठ करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २०८०, २४ भाद्र आईतबार  ३ : ४८ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि