२०८२, २९ फाल्गुन शनिबार

अझै दुई दिन मौसम बदली रहने, चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

अझै दुई दिन मौसम बदली रहने, चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना




काठमाण्डौ । अहिले कोशी, मधेस, बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

तराईका थोरै ठाउँहरुमा हावाहुरीको पनि सम्भावना रहेको छ । देशभरको मौसम आंशिकदेखि सामान्य बदली छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ । साथै नेपालमा अहिले भारतको मध्यप्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । भोलि र पर्सि पनि मौसम यस्तै रहने महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।

नेपालमा मनसुन सामान्यतया अक्टोबर २ तारिख अर्थात् असोज १५ सम्म रहने गर्छ । यसवर्ष गएको जेठ ३१ गते नेपालमा मनसुन भित्रिएको थियो । नेपालमा औसत जुन १३ तारिखदेखि मनसुन प्रवेश गर्ने भए पनि यस वर्ष एक दिन ढिलो गरी अर्थात् जुन १४ देखि पूर्वी भेग भएर मनसुन प्रवेश गरेको थियो ।

प्रकाशित मिति : २०८०, २३ भाद्र शनिबार  ८ : २७ बजे

कतारबाट नेपाल फर्कन चाहनेलाई आवेदन दिन दूतावासको अनुरोध

काठमाडौं । दोहास्थित नेपाली दूतावासले कतारबाट नेपाल फर्कन इच्छुक नेपाली

गगनलाई ३० बढी केन्द्रीय सदस्यको सुझाव : राजीनामा विकल्प होइन

काठमाडौं । नेपाली कांग्रेसका करिब ३० भन्दा बढी केन्द्रीय सदस्यहरूले

एमालेको समीक्षा : भदौ २३-२४ घटनाबारे गलत भाष्यले जनमत प्रभावित

काठमाडौं । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीले भदौ २३

श्रम संस्कृति पार्टीले छान्यो समानुपातिक सांसद

विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाका लागि समानुपातिक तर्फका चार

एमालेले छान्यो समानुपातिक सांसद (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसदको टुङ्गो लगाएको छ। आज