२०८३, १२ आश्विन मंगलबार

यातायात क्षेत्र सुधारका लागि अभियान चलाउँदै, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन

यातायात क्षेत्र सुधारका लागि अभियान चलाउँदै, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन


काठमाडौँ । फेरिएको यातायात श्रम क्षेत्रलाई सुधारका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले कार्यथलो अभियान सञ्चालन गर्ने भएको छ ।

यातायात श्रमिकहरुले काम गर्ने थलोमै पुगेर सुझाव संकलन र सुधारका उपायहरु पत्ता लगाउन ७५३ वटै पालिकाको बसपार्क, विभिन्न रुटहरु, वर्कशप, ग्यारेज लगायत स्थानहरुमा अभियान सञ्चालन गर्ने अध्यक्ष भिमज्वाला राईले जानकारी दिनुभयो । असोज ६ गतेदेखि मंसिर ३० गतेसम्म तीन महिने कार्यथलो अभियान सञ्चालन हुने भन्दै अध्यक्ष राईले जानकारी दिनुभयो । उहाँका अनुसार भदौ १६ देखि १८ गतेसम्म पोखरामा फेरिएको यातायात श्रम क्षेत्र, सुधारका लागि हाम्रो कार्यभार विषयक कार्यशाला सम्पन्न गरिएको छ ।

‘हामीले अभियानका लागि देशभरका अगुवा नेतृत्व र विज्ञहरुको सल्लाह र सुझावका आधारमा वार्षिक कामको योजना बनाउँदै संगठनको सबै नेतृत्व कार्यथलोमा परिचालन गर्नेगरी अभियान तर्जुमा गरेका छौं’, अध्यक्ष राईले भन्नुभयो, ‘सबैबाट प्राप्त सुझावका आधारमा अभियान सञ्चालन गर्दैछौं ।’ देशव्यापी अभियानमा केन्द्रीय कमिटीका नेतृत्व प्रतिनिधि, प्रदेश नेतृत्व अभियन्ताका रुपमा परिचालन हुने अभियानको अनुगमन नेपाल ट्रेड युनियन महासंघ जिफन्टका सबै प्रदेश अध्यक्षहरुले अनुगमन र निरिक्षण गर्नेगरी अभियान निर्देशिका बनाइएको अध्यक्ष राईको भनाइ छ ।

उहाँका अनुसार अभियानले संगठनको सदस्यता र नविकरणमा वृद्धि, कमिटी विस्तार श्रमिकहरुको यथार्थ समस्याहरुको पहिचान हुने अपेक्षा गरिएको छ । त्यस्तै नेतृत्व तहमा देखिएका अन्तरविरोधहरु र विवादहरुको समाधान हुने विश्वास गरिएको भन्दै उहाँले कमिटीहरु बीचको तहगत अन्तर्विरोधको अन्त्य र इन्चार्जको भूमिकाका स्पष्ट हुने बताउनुभयो ।

संगठनमा सम्भावनायुक्त नयाँ पुस्ताका युवा, महिलाहरुको पहिचान गरी भावि नेतृत्वका रुपमा विकास हुने अपेक्षा गरिएको भन्दै उहाँले वार्षिक कार्यक्रममा १३३२५ नयां सदस्यता वितरण गर्ने र १७१४० सदस्यहरुलाई नविकरणसहित एक वर्षमा ३० हजार ४ सय ६५ यातायात श्रमिकहरुलाई समेट्ने लक्ष्य राखेको जानकारी दिनुभयो ।

कार्यशालामा जिफन्ट सातवटै प्रदेश कमिटीका अध्यक्षहरु, संगठनका पूर्व अध्यक्षहरु समेत पर्यवेक्षकका रुपमा सहभागी रहनु भएको छ । जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले उद्घाटन गर्नु भएको कार्यशालाको सहजीकरण जिफन्ट उपाध्यक्ष विदुर कार्की र नरनाथ लुँइटेलले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८०, २१ भाद्र बिहीबार  ११ : ०० बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय