२०८२, ४ फाल्गुन सोमबार

एमाले लुम्बिनीको अधिवेशन : नेतृत्वका लागि आज मतदान हुँदै

एमाले लुम्बिनीको अधिवेशन : नेतृत्वका लागि आज मतदान हुँदै


लुम्बिनी । नेकपा एमाले लुम्बिनी प्रदेश समितिको नयाँ नेतृत्व चयनका लागि आज बिहानदेखि मतदान हुँदैछ । हिजै हुने भनिएको मतदान तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो । हिजो मतपत्र छाप्न समय लागेपछि आज बिहान ८ बजेबाट मतदान हुने निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार र आइतबार सर्वसम्मतबाटै नेतृत्व चयन गर्न दबाब दिए पनि दुवै समूहमा कुनै सहमति हुन सकेन । अध्यक्षका आकांक्षी राधाकृष्ण कँडेल र हरि रिजाल दुईटा प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । कँडेल पक्षलाई एमाले उपाध्यक्ष विष्णु पौडेलको समर्थन रहेको र रिजाल पक्षलाई महासचिव शंकर पोखरेलको समर्थन रहेको भन्दै प्रचार गरिरहेका छन् ।

दुवै पक्षले सचिवमा राखेका लक्ष्मण आचार्य भने निर्विरोध भएका छन् । सचिवबाहेक अध्यक्ष, उपाध्यक्ष र दुई उपसचिव तथा सदस्यका लागि निर्वाचन हुन लागेको हो । भदौ १६ र १७ गतेका लागि तय भएको प्रदेश अधिवेशनमा आज मतदान हुन लागेको हो । निर्वाचन आयोगका प्रमुख हरिप्रसाद भण्डारीले बिहान ७ बजेदेखि निर्वाचनको तयारी गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २०८०, १९ भाद्र मंगलबार  ७ : १२ बजे

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा

एमाले अध्यक्ष केपी शर्मा ओली आज दिनभरि दमकमा व्यस्त

दमक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

अमेरिकी डलर स्थिर, युरो र अस्ट्रेलियन डलरको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंक ले आजका लागि सार्वजनिक गरेको

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्ड: नियमित कूटनीति कि चुनावी संवेदनशीलतामाथि बेवास्ता ?

काठमाडौं । राजधानीको टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुति सार्वजनिक भएसँगै