२०८३, १० भाद्र बिहीबार

कांग्रेसका नेता सांसद शर्माको २४ घण्टा सरकार ढाल्ने चेतावनी

कांग्रेसका नेता सांसद शर्माको २४ घण्टा सरकार ढाल्ने चेतावनी



काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले, आफूहरु लाग्ने हो भने सरकार २४ घण्टामै ढल्ने चेतावनी दिएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अहिलेका नेताकै कारण देश बर्बाद भएको भएको भन्दै त्यस विरुद्ध आवाज उठाउन ढिला भएको बताए ।
उनले अहिलेका प्रधानमन्त्री प्रचण्डलाई देशै रित्तियो भने कसको प्रधानमन्त्री बन्ने भन्दै प्रश्न उठाए ्।
उनले भने ‘सिंहदरबार घेर्नु पर्छ भने त्यो घेरौं । गान्धिको चर्खा आन्दोलन जस्तै दशौं लाख मानिसहरु सडकमा निस्कौं र हामी सुतौं र भनौं एउटा मान्छे एउटा पार्टीको ४० वर्षसम्म अध्यक्ष हुन पाउँछ कि पाउँदैन् ? कानून त्यहाँ परिर्वतन गर्नु पर्छ हामीले, एउटा मान्छे छ पल्ट प्रधानमन्त्री हुन पाउँछ कि पाउँदैन् कानून हामीले त्यहाँ परिर्वतन गर्नु पर्छ हामीले । अमेरिकी स्टाईलमा लैजाँउ न हामी एक व्यक्ति एक पद दुईपल्ट यतिमात्रै चेन्ज गर्यौ भने नेपालको ९० प्रतिशत समस्या समाधान हुन्छ ।’
उनले उद्योग बाणिज्य महासंघले आफ्नो क्षमता नबुझेको भन्दै उद्योगीहरुले चाहे २४ घण्टामा सरकार ढल्ने ठोकुवा गरे ।
उनले भने ‘एफएनसीसीआईका साथीहरु तपाईहरुले आफ्नो दम बुझ्नु भएको छैन् । यो सरकार २४ घण्टा टिक्दैन यदी हामी लाग्यौं भने । ’

प्रकाशित मिति : २०८०, १३ भाद्र बुधबार  ६ : २९ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री