२०८३, १० कार्तिक मंगलबार

निजामती कर्मचारीको चेतावनी,माग सम्बोधन नभए कडा आन्दोलनको विकल्प छैन

निजामती कर्मचारीको चेतावनी,माग सम्बोधन नभए कडा आन्दोलनको विकल्प छैन



काठमाडौं ३ भदौ । नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनले, सरकारले आफ्ना माग पुरा नगरे कडा आन्दोलन थाल्ने चेतावनी दिएको छ ।
काठमाडौंमा पत्रकार सम्मेलन मार्फत राष्ट्रिय भेला तथा विधान अधिवेशन २०८० को निर्णय तथा घोषणापत्र सार्वजनिक गर्दै युनियनले संघीय निजामती ऐन जारी हुँदैगर्दा सरकारले आफ्ना मागहरू सम्बोधन नगरे कडा ढङ्गले प्रस्तुत हुने चेतावनी दिएको हो ।
कार्यक्रममा युनियनका केन्द्रीय अध्यक्ष गोपालप्रसाद पोखरेलले यदि सरकारले संघीय निजामती ऐन पास गरेन र गरिहाले पनि आफूहरुले उठाएका मुद्धालाई सम्बोधन नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिए ।
उनले भने, ‘लोकसेवाबाट जुन सहमति भएर त्यो ऐन फर्केर आएपछि हाम्रो केही कुरा सम्बोधन भएर आएन भने अरु ट्रेड यूनियनले आन्दोलन गर्छन् गर्देनन् थाहा छैन् । नेपाल निजामति कर्मचारीले कडा आन्दालनको घोषणा गर्छ । ’
उनले सरकारसँग भएको छलफलमा आफ्ना मागहरू सम्बोधन भएको जानकारी पाएको र उच्च अहोदाका कर्मचारीले भने आफ्ना मागहरूको बारेमा केही अपठ्यारो गरिरहेको दाबी गरे ।
राष्ट्रिय भेला तथा विधान अधिवेशन–२०८० भव्यताका साथ सफल भएको बताएका उनले राष्ट्रिय भेला तथा विधान अधिवेशन २०८० सम्पूर्ण जिल्ला विभागीय अध्यक्षहरू, महाधिवेशन प्रतिनिधिहरू र आधिकारिक ट्रेड युनियनका अध्यक्षहरूले व्यक्त गरेको विचार र सुझावका आधारमा यस अगाडि युनियनले गरेका निर्णय र कार्यक्रमप्रति समर्थन गर्दै ‘काठमाडौँ घोषणापत्र–२०८०’ जारी गरेको जानकारी दिए ।

प्रकाशित मिति : २०८०, ३ भाद्र आईतबार  ८ : ३३ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना