२०८३, ११ भाद्र शुक्रबार

८४ दिनपछि मन्त्रालय भागबण्डा टुंगियो, कांग्रेस ७, माओवादी ६, एस र जसपालाई ४ -४ मन्त्रालय

८४ दिनपछि मन्त्रालय भागबण्डा टुंगियो, कांग्रेस ७, माओवादी ६, एस र जसपालाई ४ -४ मन्त्रालय

गठबन्धनमा मन्त्री छान्न सकस


काठमाडौं, २० असोज  :  शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएको ८४ दिनपछि सत्ता गठबन्धनका चार दलले मन्त्रालय भागबण्डामा समझदारीमा जुटाएका छन् ।

कांग्रेस र माओवादी केन्द्रले पूर्व समझदारी भए भन्दा एक एकवटा बढी मन्त्रालय आफ्ना लागि राखेका छन् । गठबन्धन दलका शीर्ष नेताको मंगलबार बालुवाटारमा बसेको बैठकमा कांग्रेसले प्रधानमन्त्रीसहित ७, माओवादीले ६, एकिकृत समाजवादी र जसपाले ४÷४ मन्त्रालय लिने समझदारी बनेको हो । त्यसपछि पनि बाँकी रहेका एक मन्त्रालय कांग्रेसले नै राखेको छ ।

जसपा नेता राजेन्द्र श्रेष्ठले मंगलबार बालुवाटारमा शीर्ष नेताहरुको बैठक बस्नु अघिसम्म कांग्रेसले प्रधानमन्त्रीसहित ७, माओवादी, एकिकृत समाजवादी र जसपाले ५(५ मन्त्रालय लिने समझदारी भएको बताएका थिए । उनले संसदको अंकगणितका आधारमा नभई समानताका आधारमा भागबन्डा गर्ने तय भएको जानकारी दिएका थिए ।

शीर्ष नेताको बैठकले संसद्को गणितका आधारमा २१ वटा मन्त्रालय भागबण्डाको समझदारी बनाएको जसपाकै अर्का नेता महेन्द्र राय यादवले जानकारी दिए । ‘अहिले कांग्रेसको भागमा ६ मन्त्रालय परेको छ । बाँकी रहेको मन्त्रालय अहिले कांग्रेसकै भागमा रहनेछ’ यादवले भने ।

प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनाउन एक मन्त्रालय आफ्नै साथमा राखेको नेताहरुको अनुमान छ । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति : २०७८, २० आश्विन बुधबार  ८ : १९ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री