२०८३, ११ भाद्र शुक्रबार

बागमती प्रदेशमा मन्त्रिपरिषद विस्तार : काभ्रेका चन्द्र लामा सहित ६ मन्त्री र ४ राज्यमन्त्री थपिए

बागमती प्रदेशमा मन्त्रिपरिषद विस्तार : काभ्रेका चन्द्र लामा सहित ६ मन्त्री र ४ राज्यमन्त्री थपिए

चन्द्र लामा , भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री


हेटौंडा, २३ भदौं सरकार गठन भएको २१ दिनपछि बागमती प्रदेशको मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले  बुधबार ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिएकी हुन् ।

नव नियुक्त मन्त्रीहरूमा चन्द्र लामा भूमि व्यवस्था, कृषि तथा सहकारी, अजय क्रान्ति शाक्य आन्तरिक मामिला तथा कानुन मन्त्रालय, रचना खड्का आर्थिक मामिला तथा योजना मन्त्रालय, विजय सुवेदी सामाजिक विकास मन्त्रालय, प्रदीपकुमार कटुवाल स्वास्थ्य, शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, चन्द्र लामा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय छन् ।

यस्तै नव नियुक्त राज्यमन्त्री हरुमा जुनेलीमाया श्रेष्ठ स्वास्थ्य मन्त्रालय, जीवन खड्का भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, सरस्वती वाटी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र बद्री मैनाली भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय छन् ।

यसअघि नै मन्त्री नियुक्त भएका केशवराज पाण्डेले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । नव नियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

 

प्रकाशित मिति : २०७८, २३ भाद्र बुधबार  ५ : २९ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री