२०८३, २२ जेष्ठ शनिबार

नुवाकोट कांग्रेसको प्रस्ताव पार्टी कार्यालयमा १२० शय्याको कोरोना अस्पताल बनाउन

नुवाकोट कांग्रेसको प्रस्ताव पार्टी कार्यालयमा १२० शय्याको कोरोना अस्पताल बनाउन


काठमाडौं, २१ बैसाख  : कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको र अस्पतालहरूमा शय्या खालि नभएका समस्या देखिएको नेपाली कांग्रेस नुवाकोटले विदुरस्थित पार्टी कार्यालयको भवनलाई कोरोना अस्पतालका रूपमा सञ्चालन गर्न प्रस्ताव गरेको छ।

कांग्रेस नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीले कोरोना संक्रमितका लागि शय्या अभाव भइरहेको गुनासो हुन थालेकोले त्यसका लागि पार्टी कार्यालय भवन प्रयोग गर्न सकिने बताएका हुन्। ‘नुवाकोटमा कोभिड (१९ का संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालका बेडहरु क्रमस भरिँदै गएको र पछिल्लोसमय कोभिड संक्रमितका लागि शैय्या अभाव हुन थालेको गुनासोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनेका छन्।

उनले कोरोना अस्पताल व्यवस्थापन गर्न नसक्नु लाचारीपन हुने पनि टिप्पणी गरेका छन्। केसीले भनेका छन्, ‘स्वास्थ्यजस्तो जनताको मौलिक अधिकार पनि तीनै तहका सरकारले व्यवस्थापन गर्न नसक्नु यो भन्दा लाचारीपन अरु केहि हुन सक्दैन।

तसर्थ कोभिड संक्रमितलाई व्यवस्थापन गर्न विदुरस्थित कांग्रेसको पार्टी कार्यालयमा करिब १२० शय्याको कोभिड अस्थायी अस्पताल बनाउन मिल्ने भवनमा अस्पताल सञ्चालन गर्न जिल्ला कोभिड रोकथाम तथा नियन्त्रण केन्द्रलाई नेपाली कांग्रेस जिल्ला कार्यसमिति नुवाकोट हार्दिक अनुरोध गर्दछ।’

प्रकाशित मिति : २०७८, २१ बैशाख मंगलबार  ९ : ४३ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति