२०८२, ३ पुस बिहीबार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, कोरोना महामारीबारे निर्णय हुन सक्ने

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, कोरोना महामारीबारे निर्णय हुन सक्ने


काठमाडौं, १९ बैसाख :  प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएको सूचना आएको एक मन्त्रीले जानकारी दिएका छन् ।

उनका अनुसार बैठकका एजेण्डा भने खुलाइएको छैन । ती मन्त्रीकाअनुसार नियमित बैठक भएकाले आजको बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत छलफल र निर्णय हुन सक्ने छ ।

मन्त्रिपरिषद्को नियमति बैठक सोमबार बस्ने गरेको भए पनि प्रधानमन्त्री ओलीले एक दिनअघि नै बैठक बोलाएका छन् । कोरोना रोकथामका लागि सिसिएमसीले गरेका सिफारिस आजको मन्त्रिपरिषद् बैठकले पारित गर्नेछ । देशमा कोरोना संक्रमण तीब्र बनेसँगै देशभरको स्वास्थ्य सेवा प्रभावित भएको छ ।

 

प्रकाशित मिति : २०७८, १९ बैशाख आईतबार  ९ : १६ बजे

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा

तेस्रो पटक एमाले अध्यक्षका रूपमा केपी ओलीद्वारा शपथ ग्रहण

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक लगातार निर्वाचित केपी

एमाले महाधिवेशन: अध्यक्षमा केपी शर्मा ओलीको शुरुआती अग्रता

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनको

एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप, ८ बजेसम्म मत हाल्न सकिने

काठमाडौं । एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप,