२०८२, ५ पुस शनिबार

एमाले केन्द्रीय कमिटी महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण

एमाले केन्द्रीय कमिटी महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण

कारबाही गर्न सक्ने सबै अधिकार अध्यक्ष ओलीलाई


काठमाडौँ, ७ चैत्र । नेकपा (एमाले) ले केन्द्रीय कमिटीलाई १० औँ महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकले २६४ सदस्यीय अहिलेको केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरित गर्ने निर्णय गरेको हो । एमाले १० औँ महाधिवेशन आगामी २०७८ मंसिर २ देखि ६ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको छ । एमालेको महाधिवेशनमा आयोजक कमिटीमा रुपान्तरण गरिनेछ ।

महाधिवेशन आयोजक कमिटीको अध्यक्षमा केपी ओली, महासचिवमा ईश्वर पोखरेल रहेका छन् । बैठकले पदाधिकारी र केन्द्रीय कमिटी सदस्यहरूको जिम्मेवारी तय गर्न विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल पनि गठन गरेको छ । जसमा शंकर पोखरेल र टोपबहादुर रायमाझी सदस्य रहेका छन् ।
यस्तै एमालेका जिल्ला समितिहरुलाई जिल्ला संगठनमा रुपान्तरण गर्न , समयमै अधिवेशन गर्न सातवटै प्रदेश कमिटीलाई सुम्पेको छ । यसअघिको बैठकले २०७८ असारसम्म पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको थियो ।

बैठकले संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्दसूचीमा रहेको नाम हटाउने राख्ने या हेरफेर गर्ने अधिकार पार्टी अध्यक्ष केपी ओलीलाई प्रत्यायोजन गरेको छ । अब प्रधानमन्त्री ओलीले समानुपातिक सांसद फेरबदलसमेत गर्न सक्नेछन् ।

पार्टीको केन्द्रीय सदस्य वा मातहत कमिटीको सदस्य थप्ने वा हटाउने अधिकार पनि ओलीलाई नै दिइएको छ । जसअनुसार केन्द्रीय सदस्य र मातहतका नेताहरुलाई बिदाइ, मनोनयन तथा कारबाही गर्ने अधिकार पनि अध्यक्ष ओलीमा निहित गरिएको छ ।

बैठकले सरकार टिकाइराख्न कसैसँग अनुचित सम्झौता नगर्ने पनि निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्री ओलीले जनताको भावना र चाहाना विपरित कुनै काम र सम्झौता नगर्ने स्पष्ट पारेको एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन् ।

एमालेको नेपाल–खनाल समूहले भने आज केन्द्रीय समितिको बैठक पनि वहिष्कार गरेको छ । संसदीय दलको बैठकमा सहभागी भएका नेता वामदेव गौतम पनि केन्द्रीय समिति बैठकमा भने सहभागी भएनन् । खनाल–नेपाल समूहलेफागुन १८ गतेको निर्णय खारेज हुनुपर्ने माग गर्दै अध्यक्ष ओलीले बोलाएका बैठक बहिष्कार गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७७, ७ चैत्र शनिबार  १० : ०९ बजे

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा