२०८२, ४ फाल्गुन सोमबार

एमाले र माओवादी केन्द्र ब्यूँतियो

एमाले र माओवादी केन्द्र ब्यूँतियो

अदालतको फैसलाले प्रचण्ड–नेपालको गठबन्धन टुट्यो


काठमाडौँ २५ फागुन । सर्वोच्च अदालतले नेकपा पार्टी ऋषिराम कट्टेलको भएको ठहर गर्दै केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्षको रहेको नेकपा खारेज गरेपछि नेपालको राजनीतिमै नयाँ तरंग आएको छ । सर्वोच्चको फैसलापछि पूर्व एमाले एमालेतिरै र पूर्व माओवादी माओवादी केन्द्रतिरै फर्किएपछि राजनीतिले समेत नयाँ मोड लिएको छ ।

करिब ३ वर्षअघि भएको तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतालाई सर्वोच्च अदालतको आइतबारको फैसलाले निष्क्रिय बनाइदिएपछि प्रचण्ड र माधव नेपालको यात्रा पनि टुटेको छ ।

२०७५ साल जेठ ३ गते तत्कालीन नेकपा एमाले र एकीकृत नेकपा माओवादी (केन्द्र) बीच पार्टी एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) बनेको थियो । दुई पार्टीबीच एकताको प्रक्रिया पूरा नहुँदै अन्तत सर्वोच्चको फैसलाका कारण अलग अलग हुने स्थिति बन्यो । प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि प्रचण्ड–माधव नेपाल समूह त्यसको विपक्षमा एक ठाउँमा थिए । तर आइतबारको फैसलाले पूर्वएमाले नेता माधवकुमार नेतासहितका नेतालाई केपी ओलीसँगै पुयाइ दिएको छ ।

तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (ने क पा) बन्नु भन्दा पहिले नै निर्वाचन आयोगमा ऋषि कट्टेल नेतृत्वमा नेपाल कम्युिनस्ट पार्टी दर्ता भइसकेको थियो । निर्वाचन आयोगले कट्टेलको नेकपासंग नाम मिल्ने गरी अर्को पार्टी (ने क पा) नाम २०७५ जेठ २३ गते दर्ता गरिदियो । आयोगको उक्त निर्णयविरुद्ध कट्टेल २०७५ मंसिर २१ गते सर्वोच्च गए । रिट दर्ता भएको २७ महिनापछि फैसला गर्दै सर्वोच्चले कट्टेलको माग अनुसार रिट जारी गयो । सर्वोच्चले कट्टेल नेतृत्वको पार्टीले नेकपा पाउने भनेर रिट मात्रै जारी गरेन, एकीकरण हुनु अघि साविकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा कायम रहने फैसला सुनायो । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई ३ वर्षपछि निष्क्रिय तुल्याइदियो ।

प्रकाशित मिति : २०७७, २५ फाल्गुन मंगलबार  २ : ५३ बजे

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा

एमाले अध्यक्ष केपी शर्मा ओली आज दिनभरि दमकमा व्यस्त

दमक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा