२०८३, ११ भाद्र शुक्रबार

काभ्रेबाट चन्दका केन्द्रीय नेता रिहाई, नेत्रविक्रम चन्द आजै सार्वजनिक हुने

काभ्रेबाट चन्दका केन्द्रीय नेता रिहाई, नेत्रविक्रम चन्द आजै सार्वजनिक हुने


काभ्रेपलाञ्चोक २१ फागुन  :  नेत्रविक्रम चन्द नेतृत्वको नेकपा–माओवादीका केन्द्रीय नेता धर्मेन्द्र बाँस्तोलालाई आज काभ्रेपलाञ्चोकबाट रिहाई गरिएको छ । सरकार र उक्त पार्टीबीच भएको सहमति घोषणा गर्ने आजकै दिन पार्टीका पश्चिम कमाण्ड तथा विदेश विभागप्रमुख बाँस्तोलालाई जिल्ला प्रहरी कार्यालय धुलिखेलले सार्वजनिक गरेको हो । यसैगरी आजै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा–माओवादीका केन्द्रीय महासचिव सार्वजनिक हुने भएको छ ।

करिव दुई सातादेखि धुलिखेलस्थित प्रहरी हिरासतमा रहनुभएका बाँस्तोलालाई जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले स्थानीय सञ्चारकर्मीसामू विहान दश बजे सार्वजनिक गर्नुभएको थियो । पार्टीका सचिवालय सदस्यसमेत रहनुभएका बाँस्तोलालाई गत पुस अन्तिम साता ललितपुर र मकवानपुरको सिमावर्ती क्षेत्रबाट पक्राउ पर्नुभएको थियो । पक्राउपछि विभिन्न प्रहरी हिरासतमा राख्दै धुलिखेल ल्याइएको हो ।

बाँस्तोलालाई सार्वजनिक गरिएलगत्तै प्रहरीकै सुरक्षामा काठमाडौ लगिएको छ । सरकारसँग भएको सहमति घोषणा कार्यक्रममा सहभागी गराउन बाँस्तोलालाई काठमाडौ लगिएको हो । सरकार र चन्द समूहको नेतृत्वको नेकपाले विहीबार तीनबुँदे सहमति गर्दै नेपाल कम्यूनिष्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्यूनिष्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाई र मुद्दा खारेजीलगायत सहमतिमा समेटिएको छ

प्रकाशित मिति : २०७७, २१ फाल्गुन शुक्रबार  ११ : ३२ बजे

बाढीको नयाँ खतरा देखिएपछि तिब्बतमा उद्धारकर्मी नै पछि हटाइए

बेइजिङ । विनाशकारी बाढी र पहिरोपछि बेपत्ताको खोजीमा खटिएको उद्धार

बाढीग्रस्त उत्तरगयाका अध्यक्षको पीडा-‘संघीय सरकार आकाश र सामाजिक सञ्जालमा मात्र देखिन्छ’

काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले बाढी प्रभावित

सिंहदरबारमा आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

जनै फेरेर र रक्षाबन्धन बाँधेर आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौँ । देशभर आज वैदिक सनातन धर्मावलम्बीले नयाँ यज्ञोपवीत अर्थात्

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत